२१ भाद्र २०८३, आईतवार
,
Latest
तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता गाजाबाट प्यालेष्टिनीलाई निष्कासन गर्ने योजनाका कारण शान्ति प्रस्ताव प्रभावित हुने न्यायाधीश नियुक्तिको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्छः संविधानविद् अधिकारी भदौ १० गतेको विपद्मा दिवंगतप्रति श्रद्धाञ्जली, स्वयम्भूमा स्मृति तथा दीप प्रज्वलन कार्यक्रम गोरखाको चुमनुब्री–४ मा बाढीपीडितका लागि राहत पठाइँदै राप्रपाका महामन्त्री शरदराज पाठकद्वारा पार्टीका सबै जिम्मेवारी परित्याग ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई चार्जिङ सामग्री सहयोग बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण अफ्रिकाका रंगभेद विरोधी आइकन डेसमन्ड टुटुको निधन



अ+ अ-

दक्षिण अफ्रिकाका सेवानिवृत्त आर्चबिशप तथा रंगभेद विरोधी प्रतीक डेसमन्ड टुटुको ९० वर्षको उमेरमा निधन भएको छ । नोबेल शान्ति पुरस्कार विजेता र गोरा अल्पसंख्यक शासन विरुद्ध दक्षिण अफ्रिकाको संघर्षका दिग्गज टुटुको आइतबार निधन भएको हो।

“आर्कबिशप इमिरेट्स डेसमन्ड टुटुको निधन उत्कृष्ट दक्षिण अफ्रिकी पुस्ताका लागि हाम्रो देशको विदाईमा शोकको अर्को अध्याय हो जसले हामीलाई स्वतन्त्र दक्षिण अफ्रिका दिनुभएको थियो”, राष्ट्रपति सिरिल रामफोसाले भन्नुभयो, “उहाँले आफूलाई एक गैरसाम्प्रदायिक, विश्वव्यापी मानअवधिकारको समावेशी च्याम्पियनका रुपमा प्रतिष्ठित बनाउनुभयो ।”

राष्ट्रपति रामफोसाले टुटुको निधनको कारणबारे केही बताउनुभएको छैन । टुटुलाई सन् १९९० को दशकको उत्तरार्धमा प्रोस्टेट क्यान्सर भएको पत्ता लागेको थियो र हालैका वर्षमा उहाँको उपचारसँग सम्बन्धित सङ्क्रमणको उपचारका लागि धेरै पटक अस्पताल भर्ना गरिएको थियो । 

विशेषगरी दक्षिण अफ्रिकाको नैतिक विवेक र दशकौँको नस्लवादी राजनीतिले विभाजित मुलुकको महान मेलमिलापकर्ताका रुपमा टुटुको प्रशंसा गरिन्छ । सन् १९८४ मा रंगभेदको अहिंसात्मक विरोधका लागि उहाँलाई नोबेल पुरस्कार दिइएको थियो । एजेन्सी