१० असार २०८३, बुधबार
,
Latest
लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक इपिडेमिक साउन्ड र भिलबीच एपीआई साझेदारी विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुने प्राधिकरणको अनुमान, २ लाख २६ हजार नागरिक जोखिममा कृषि र पर्यटन प्रवर्द्धनलाई जोड दिँदै नेपालगञ्जले ल्यायो एक अर्ब ७६ करोडको बजेट रास्वपा महाधिवेशन: खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रम मन्त्री यादवको उम्मेदवारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलङ्कामा भ्रष्टाचार नियन्त्रणमा प्रविधिको प्रयोग



अ+ अ-

कोलम्बो। श्रीलङ्का सरकारले भ्रष्टाचारविरुद्धको प्रयासलाई अझ प्रभावकारी बनाउन सोमबार (३१ मार्च २०२६) बाट ‘केन्द्रीकृत इलेक्ट्रोनिक सम्पत्ति घोषणा प्रणाली’ सुरु गरेको छ ।

यस प्रणालीअन्तर्गत अब सरकारी अधिकारी, राज्य संस्थामा काम गर्ने कर्मचारी र कानुनले तोकेका अन्य व्यक्ति आफ्नो सम्पत्ति र दायित्वको विवरण अनलाइन मार्फत पेश गर्न बाध्य छन् ।

यसअघि सम्पत्ति घोषणा कागजातमा भरेर आयोगमा बुझाउनुपर्ने व्यवस्था थियो, तर नयाँ प्रणालीले डिजिटल माध्यमको प्रयोग गरेर सम्पूर्ण प्रक्रिया छिटो, पारदर्शी र निगरानीयोग्य बनाएको छ ।

उक्त कदम २०२३ मा पारित भएको भ्रष्टाचारविरुद्धको ऐन अनुसार लागू गरिएको हो, जसले सम्पत्ति र दायित्व विवरणको लागि एक केन्द्रीकृत डेटाबेसको स्थापना गर्न व्यवस्था गरेको छ ।

यसले केवल दर्ता प्रक्रिया सजिलो मात्र बनाउँदैन, बरु वित्तीय हितसंघर्षको पहिचान, गलत प्रयोग रोकथाम र सार्वजनिक निगरानी पनि मजबुत बनाउँछ । यस प्रणालीले व्यक्तिगत सम्पत्तिका विवरणहरू आयोगको डेटाबेसमा सुरक्षित राख्नेछ र आवश्यक परेमा सार्वजनिक रूपमा पहुँच योग्य बनाइनेछ ।

श्रीलङ्कामा सम्पत्ति घोषणा कानुनको इतिहास लामो छ । सन् १९७५ मा लागू भएको सम्पत्ति र दायित्व घोषणा कानून अनुसार केही सरकारी अधिकारीहरूलाई मात्र आफ्नो वित्तीय विवरण बुझाउनुपर्ने प्रावधान थियो ।

१९८८ मा यसलाई संशोधन गरेर दायरा विस्तार गरिएको थियो । नयाँ ऐनले अब अझ बढी अधिकारी र कर्मचारीलाई यस प्रक्रियामा समावेश गरेको छ, जसले भ्रष्टाचार नियन्त्रण र पारदर्शिता सुनिश्चित गर्न मद्दत पु¥याउँछ ।

अधिकारीहरूले आयोगको अनलाइन पोर्टलमार्फत आफ्नो सम्पत्ति विवरण पेश गर्नेछन् । प्रणाली स्वचालित रूपमा जानकारीको जाँच र व्यवस्थापन गर्नेछ, जसले मानव त्रुटि कम गर्छ र छिटो रिपोर्टिङ सम्भव बनाउँछ ।

साथै, आयोगले आवश्यक जानकारी सार्वजनिक गर्न र निगरानी बढाउन कटौती गरिएको विवरण उपलब्ध गराउनेछ । यसले जनताले सरकारी अधिकारीहरूको वित्तीय गतिविधि निगरानी गर्न सजिलो बनाउनेछ । (रासस/सिन्ह्वा)