११ असार २०८३, बिहीबार
,
Latest
भेनेजुएला भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ठूलो सङ्ख्यामा संरचनामा क्षति लागूऔषध कारोबारमा संलग्न पक्राउ रास्वपा महाधिवेशनः पदाधिकारीको मनोनयन साँझ ६ः३० बजेदेखि महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आज राति मतदान, कार्यतालिका फेरि संशोधन शिक्षामन्त्री भन्नुहुन्छ, ‘नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन’ राष्ट्रपतिबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण महिलालाई पर्यटकीय सवारी चालक बनाउने अभियान, ३८ सहभागीलाई ३० दिने तालिम कक्षा १२ को नतिजा विवादबारे छानबिन गर्न समिति गठन ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपद् व्यवस्थापनको अवस्था बुझ्न गृहमन्त्री गुरुङद्वारा प्राधिकरण निरीक्षण



अ+ अ-

काठमाडौँ । गृहमन्त्री सुदन गुरुङ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निरीक्षणका लागि पुगेका छन्।

प्राधिकरणको कार्यसम्पादन, विपद् व्यवस्थापनको तयारी अवस्था तथा समन्वय प्रणालीको अवलोकन गर्ने उद्देश्यले मन्त्री गुरुङ प्राधिकरण पुगेको जनाइएको छ। निरीक्षणका क्रममा उनले सम्बन्धित अधिकारीहरूसँग वर्तमान तयारी, चुनौती र आगामी योजनाबारे जानकारी लिने कार्यक्रम रहेको छ।

मन्त्रालयका अनुसार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन स्थलगत निरीक्षणलाई प्राथमिकता दिइएको छ।