१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’ ‘पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य’ श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा पूजाअर्चना विपदमा बाल संरक्षणलाई प्राथमिकता दिन सिजपकाे आग्रह शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने भोटेकोशीको उर्लंदो भेलमा बगेका सपना र भग्नावशेषको डिलमा आँशुः जब ओलीले सुने बगर बनेको बस्तीका…
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’



अ+ अ-

इलाम। हरेक हावाहुरीसँगै कृष्णबहादुर लिम्बूको मनमा टाँटीको घर उड्ला की भन्ने चिन्ता सुरु हुन्छ । वर्षापछि छानोबाट झर्ने पानीसँगै उहाँका पीडा र कष्ट पनि चुहिन्छन् ।

इलाम नगरपालिका-५ भार्लेनीका ५८ वर्षीय कृष्णबहादुर लिम्बूको ठूलो सपना छैन । एउटा ओतलाग्ने घर, जहाँ झरी पर्दा भिज्न नपरोस् र हावाहुरी चल्दा डराउन नपरोस् । तर, उहाँका लागि सहज रूपमाजीविकोपार्जनमा समस्या छ ।

फरक क्ष्मता (अपाङ्गता) हुनुभएका लिम्बू स्पष्टसँग बोल्न सक्नुहुँदैन । बाँसको टाँटीले बेरिएको जीर्ण घरमा उहाँ श्रीमती र नौ वर्षीया कान्छी छोरीसँग बस्दै आउनुभएको छ । “हावाहुरी चल्दा, पानी पर्दा मन पोल्छ”, कृष्णबहादुरले श्रीमती र छोरीलाई देखाउँदै भन्नुभयो, “यिनीहरूलाई ओताउने घर बनाउने मन छ ।”

दैनिक ज्यालादारी गरेर परिवारको जीविकोपार्जन गर्नु उहाँको बाध्यता हो । गाउँघरमा दाउरा काट्ने, कटेरो बनाउने, मल बोक्नेलगायत मजदुरी गरेर उहाँले गुजारा चलाउँदै आउनुभएको छ । सीमित आम्दानीबीच पनि उहाँले एउटा गाई, केही बाख्रा र सुङ्गुर पाल्नुभएको छ । “त्यसैको आम्दानीले हातमुख जोड्न सकेका छौँ, छोरीको स्कूल खर्च धान्ने पनि त्यसैबाट हुन्छ”, कृष्णबहादुरले भन्नुभयो ।

उहाँका तीन सन्तान छन् । दुई छोरीमध्ये एक जनाको विवाह भइसकेको छ भने छोरालाई आफन्तकोमा राख्नुभएको छ । अहिले कक्षा छमा पढ्दै गरेकी नौ वर्षीया कान्छी छोरी उहाँसँग छिन् । दुई कोठे सानो घर, एउटा भान्सा र शौचालयसहितको सुरक्षित बास उहाँको जीवनको सपना हो । गाउँघरमा जोसँग भेट भए पनि उहाँ यही कुरा दोहो¥याउँनुहुन्छ ‘घर बनाउनु छ ।’ उहाँको बोली अस्पष्ट भए पनि भावनाले सबैलाई छुन्छ ।

यसैबीच उहाँको अवस्थाबारे थाहा पाएपछि नेपाल पत्रकार महासङ्घ इलामका पूर्वअध्यक्ष सटेन्द्र जबेगुले सामाजिक सञ्जालमार्फत घर निर्माण अभियान सुरु गर्नुभएको छ । फेसबुकबाट सुरु भएको उक्त अभियानले छोटो समयमा उल्लेख्य साथ पाएको छ ।

“हालसम्म करिब रु तीन लाख ५० हजार सहयोग सङ्कलन भइसक्यो”, जबेगुले भन्नुभयो, “कृष्णबहादुरको नाममा बैंक खाता खोलेर सहयोग सङ्कलन भइरहेको छ । वैशाखसम्म कम्तीमा रु पाँच लाख सङ्कलन गरेर घर निर्माण सुरु गर्ने लक्ष्य छ ।” कृष्णबहादुरको चाहना अनुसार दुई कोठा, भान्सा र शौचालयसहितको घर बनाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

जीवनभर सङ्घर्षमा बिताउनुभएका कृष्णबहादुरसम्म आफ्नो सपना पूरा हुन लागेको खबर पुगेको छ । उहाँले हँसिलो मुहारमा घर बनाउने घडेरी देखाउँदै भन्नुभयो, “गरिबको भाग्य फेरिन्छ भन्ने सुनेको थिएँ ।”रासस