१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’ ‘पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य’ श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा पूजाअर्चना विपदमा बाल संरक्षणलाई प्राथमिकता दिन सिजपकाे आग्रह शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने भोटेकोशीको उर्लंदो भेलमा बगेका सपना र भग्नावशेषको डिलमा आँशुः जब ओलीले सुने बगर बनेको बस्तीका…
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनी ड्रोन प्रतिरोधी प्रणाली निशानामा परेको इरानीको दावी



सन्दर्भ तस्बिर
अ+ अ-

तेहरान। इरानको सेनाले संयुक्त अरब इमिरेट्स (युएई)मा रहेको युक्रेनी ड्रोन प्रतिरोधी प्रणालीेलक्षित आक्रमण गरिएको शनिबार बताएको छ ।

“दुबईमा लुकेका अमेरिकी कमान्डर र सैनिकलाई सहयोग गर्न युएईको राजधानीमा तैनाथ युक्रेनी ड्रोन प्रतिरोधी प्रणालीेको स्टेसन इरानी निशानामा परेको इरानी सेनाको केन्द्रीय ‘अपरेशनल कमान्ड’ खातम अल–अनबियाले सरकारी टेलिभिजनमार्फत प्रसारण गरेको विज्ञप्तिमा भनिएको छ ।

यसअघि शनिबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त अरब इमिरेट्सको अघोषित भ्रमणका क्रममा दुई देशबीच रक्षाका क्षेत्रमा सहकार्य गर्ने सहमति भएको बताउनुभएको थियो ।

जेलेन्स्कीको साउदी अरब भ्रमणका क्रममा युक्रेन र साउदी अरबबिच हवाई प्रतिरक्षा सम्झौतामा हस्ताक्षर भएको दुई वरिष्ठ अधिकारीले शुक्रबार एएफपीसँग बताएका थिए ।

जेलेन्स्कीले यही महिनाको सुरुमा करिब २०१ युक्रेनी ड्रोन प्रतिरोधी प्रणालीे हेर्ने सैन्य विशेषज्ञहरू युएई, कतार, साउदी अरब र कुवेतलाई मद्दत गर्न मध्य पूर्वमा जान लागेको बताउनुभएको थियो ।

फेब्रुअरी २८ मा युद्ध सुरु भएदेखि नै इरानले खाडीमा इजरायल र अमेरिकी चासोविरुद्ध आक्रमण जारी राखेपछि यो घोषणा भएको हो।

इरानले आफ्ना खाडी छिमेकीहरूलाई अमेरिकी सेनालाई उनीहरूको भूमिबाट आक्रमण गर्न अनुमति दिएको आरोप लगाउँदै आएको छ, तर खाडी राष्ट्रहरूले बारम्बार आरोपको खण्डन गर्दै आएका छन् । उनीहरूले युद्धअघि पनि इरानमाथि आक्रमण गर्न आफ्नो क्षेत्र वा हवाई क्षेत्र प्रयोग गर्न नदिने बताएका थिए । (रासस/एएफपी)