१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’ ‘पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य’ श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा पूजाअर्चना विपदमा बाल संरक्षणलाई प्राथमिकता दिन सिजपकाे आग्रह शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने भोटेकोशीको उर्लंदो भेलमा बगेका सपना र भग्नावशेषको डिलमा आँशुः जब ओलीले सुने बगर बनेको बस्तीका…
तपाईं के खोज्दै हुनुहुन्छ ?

आन्तरिक पर्यटनमा आशा जगाउँदै सकियो ‘जाउँ है पोखरा’



फाइल फोटो
अ+ अ-

गण्डकी। होटेल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको समन्वय तथा सहकार्यमा चैत ९ गतेदेखि पूर्वी नेपालका प्रमुख सहरहरूलाई लक्षित गरी सञ्चालित ‘जाउँ है पोखरा’ कार्यक्रम शुक्रबार सकिएको छ ।

आन्तरिक पर्यटन प्रवर्द्धनको मुख्य उद्देश्यका साथ विगत २५ वर्षदेखि बर्सेनि देशका प्रमुख सहरहरूमा ‘जाउँ है पोखरा’ अभियान सञ्चालन गरिरहेको सङ्घले यस पटक पूर्वी नेपालका वीरगञ्ज, हेटौँडा, विराटनगर र इलाममा पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न गरेको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो ।

अभियानका क्रममा पूर्वी नेपालका पर्यटन व्यवसायीसँग पर्यटकीय साझेदारी, छलफल, अन्तर्क्रिया गर्नुका साथै प्रचार सामग्री वितरण गरिनुका साथै आन्तरिक पर्यटनका विभिन्न आकर्षक प्याकेजसमेत सार्वजनिक गरिएको थियो ।

उक्त अवसरमा सङ्घकै आयोजनामा हरेक नेपाली नयाँ वर्षका अवसरमा गरिँदै आएको फेवा नववर्ष महोत्सवको २१ औँ संस्करण यस वर्ष चैत २९ गतेदेखि वैशाख १ गतेसम्म फेवातालको किनारा ‘लेकसाइड’ क्षेत्रमा सञ्चालन हुने जानकारी गराउँदै पूर्वी नेपालका स्थानीयलाई पोखरा आउनका लागि निम्तोसमेत दिइएको सङ्घका सचिव पार्वता पाण्डेले बताउनुभयो ।

विभिन्न सहरमा गरिएका कार्यक्रममा त्यहाँका पर्यटन व्यवसायीले पूर्वका सहरबाट पोखरासँगको कनेक्टिभिटी सहज बनाउनुपर्ने, पर्यटकीय साझेदारी बढाउनुपर्नेलगायतका विषयमा सुझाव दिएका थिए ।

कार्यक्रमले पूर्वी नेपाल र पोखराको पर्यटकीय साझेदारी र विकासमा महत्त्वपूर्ण सहयोग पुर्‍याएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले बताउनुभयो ।

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि ‘जाउँ है पोखरा’ कार्यक्रम फलदायी बनेको कार्यक्रमका सहभागी ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यको भनाइ छ ।  रासस