१३ भाद्र २०८३, शनिबार
,
Latest
नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता चीनको केरुङ नाकामा पहिरोः ७ जनाको मृत्यु, ५५४ जना बेपत्ता गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुंगेधारा खोज्दै नयाँ पुस्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ अनुहारसहित बालेन्द्र शाह नेतृत्वमा १६ सदस्यीय मन्त्रिपरिषद् गठन



अ+ अ-

काठमाडौं । देशको कार्यकारी जिम्मेवारी सम्हाल्न बालेन्द्र शाह नेतृत्वमा नयाँ मन्त्रिपरिषद् गठन गरिएको छ। १६ सदस्यीय यस मन्त्रिपरिषद्मा विभिन्न क्षेत्रमा नयाँ अनुहारलाई अवसर दिँदै सरकारलाई गतिशील बनाउने प्रयास गरिएको देखिन्छ।

नयाँ मन्त्रिपरिषद् गठनसँगै अर्थ मन्त्रालयको जिम्मेवारी स्वर्णिम वाग्लेलाई दिइएको छ भने कानून मन्त्रालय सोविता गौतमले सम्हाल्ने भएकी छन्। परराष्ट्र मामिलामा शिशिर खनाललाई जिम्मेवारी दिइएको छ।

ऊर्जा मन्त्रालय विराजभक्त श्रेष्ठले सम्हाल्ने भएका छन् भने गृहमन्त्रालयको जिम्मेवारी सुधन गुरुङ लाई दिइएको छ।

उद्योग मन्त्रालय अमरेश कुमार सिंहले सम्हाल्नेछन्।

यसैगरी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रतिभा रावल नियुक्त भएकी छन् भने कृषि मन्त्रालय गीता चौधरी को जिम्मामा परेको छ। सञ्चार मन्त्रालय विक्रम तिमल्सिना ले सम्हाल्ने भएका छन्।

श्रम मन्त्रालय दिपक साहलाई दिइएको छ भने शिक्षा मन्त्रालय सस्मित पोखरेल ले सम्हाल्ने भएका छन्। पर्यटन मन्त्रालय खडक पौडेलको जिम्मामा परेको छ।

भौतिक पूर्वाधार मन्त्रालय सुनिल लम्साललाई दिइएको छ भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सीता वादीले सम्हाल्नेछिन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा निशा मेहता नियुक्त भएकी छन्।

नयाँ मन्त्रिपरिषद् गठनसँगै सरकारको प्राथमिकतामा विकास निर्माणलाई तीव्रता दिने, सुशासन कायम गर्ने तथा अर्थतन्त्र सुधारतर्फ ध्यान केन्द्रित गर्ने लक्ष्य अघि सारिएको छ।