९ भाद्र २०८३, मंगलवार
,
Latest
बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल राष्ट्रपति पौडेलबाट चाँगुनारायणको कलश यात्राको कलशमा छाँया दर्शन पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता सगरमाथा आरोही सङ्घको अध्यक्षमा पोखरेल निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

अख्तियार र अदालतमा रहेका भ्रष्टाचारका मुद्दाहरुलाई जनमत प्रभावित गर्ने तथा दलगत बहसको विषय बनाइनुहुन्नः काँग्रेस



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेस ले भ्रष्टाचारसँग सम्बन्धित मुद्दाहरू निष्पक्ष र शीघ्र टुंग्याउन माग गरेको छ।

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसे ले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र न्यायपालिकामा रहेका सबै भ्रष्टाचारसम्बन्धी मुद्दाहरू तत्काल निष्पक्ष रूपमा टुंग्याउनुपर्ने बताएका हुन्। उनले यस्ता मुद्दालाई जनमत प्रभावित गर्ने वा दलगत राजनीतिक बहसको विषय बनाउनु नहुनेमा जोड दिए ।

चालिसेले २०४६ सालदेखि हालसम्म सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्नुपर्ने आवश्यकता औंल्याउँदै यसका लागि विशेष समिति गठन गरी आवश्यक कानुन निर्माण गर्नुपर्ने बताए। उक्त प्रक्रियामा आफ्नो पार्टी सहयोग गर्न तयार रहेको उनको भनाइ छ।

उनले भ्रष्टाचारसम्बन्धी मुद्दा निष्पक्ष रूपमा टुंग्याउन सके मात्र राजनीतिक शुद्धीकरण सम्भव हुने र त्यसपछि मात्रै मुलुकमा सुशासन कायम गर्न सकिने उल्लेख गरे। साथै, सुशासन स्थापना गर्ने सवालमा सरकारसँग सहकार्य गर्न काँग्रेस तयार रहेको समेत उनले स्पष्ट पारे ।