४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

कांग्रेस अल्मलिएकाले समस्या भएको हो : सभापति थापा

कांग्रेस अल्मलिएकाले समस्या भएको हो : सभापति थापा
अ+ अ-

ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिस्पर्धी पार्टीसँग अल्मलिएर कांग्रेसले आफ्नो मुद्दा बिर्सिएकाले समस्या आएको बताउनुभएको छ ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा आजदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उहाँले कांग्रेस नेपालीको स्वतन्त्रता र समानताका निर्माण भएको पार्टी भएकाले जनताको मुद्दा विर्सन नहुने बताउनुभयो ।

“अबको पाँच वर्ष सफलतापूर्वक सरकार सञ्चालन हुने विश्वास छ, अनेकन अप्ठ्यारोकाबीच मत प्रदान गर्ने सबैमा धन्यवाद व्यक्त गर्दै निर्वाचित हुने सबै उम्मेदवारलाई बधाई ज्ञापन गर्दछु,” सभापति थापाले भन्नुभयो । उहाँले विशेष महाधिवेशन नगरी पार्टी निर्वाचनमा गएको भए कांग्रेसले जनताको प्रतिरोधको सामना गर्न कठिनाई हुन्थ्यो भन्नुभयो ।

“विशेष महाधिवेशनसँग असन्तुष्टि होलान्, निर्वाचनमा कांग्रेसको चिह्न लिएर उम्मेदवार भएको व्यक्तिलाई मत नमाग्ने र नहाल्ने विषयमा हामीले नोटिसमा राखेका छौँ, आफ्नो निर्वाचन क्षेत्रमा पाँच÷छ पटक उम्मेदवार भएको व्यक्तिले पार्टीको पक्षमा मत माग्नुपर्दैन ? यो विषयमा महाधिवेशनले समीक्षा गर्छ, तर म सिङ्गै कांग्रेस पार्टीको सभापति हो, सबैसँग छलफल गर्नेछु,” उहाँले भन्नुभयो ।

सभापति थापाले सुशासनका सन्दर्भमा अबको सरकारसँग नागरिकका विशिष्ट अपेक्षा रहेको उल्लेख गर्दै अख्तियारको दुरुपयोग एवं नीतिगत भ्रष्टाचारको विषयमा प्रष्ट छानबिन गरेर जानुपर्छ भन्नेमा जोड दिनुभयो ।

नेपालको लोकतन्त्र र विविधताका विषयमा सन्तुलन कायम राख्नुपर्नेमा जोड दिँदै सभापति थापाले लोकतान्त्रिक व्यवस्थाले दिएका अधिकार कायम राख्न कांग्रेसले प्रतिबद्ध भएर काम गर्नुपर्छ भन्नुभयो । “संविधानअनुसार प्रदत्त स्वतन्त्र, समानता र स्वयत्ततामा कुनै आँच आउनु हुँदैन, कांग्रेस यसमा प्रतिबद्ध छ”, उहाँले भन्नुभयो, “संविधानका आधारभूत मूल्य मान्यतालाई फराकिलो बनाउन संविधान संशोधन गर्नु आवश्यक छ, संविधानको संशोधन र परिमार्जनको विषयमा पार्टीभित्र छलफल गरेर समिति बनाउँछौँं ।”

मध्यपूर्वमा भएको तनावले नेपाललाई नदेखिने गरी समस्यामा पारेको भन्दै सभापति थापाले नेपालको अर्थतन्त्र र वैदेशिक रोजगारीमा देखिएका समस्या हल गर्ने विषयमा समाधान गर्दै जानुपर्ने उल्लेख गर्नुभयो । रासस