६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव

मौसम पुर्वानुमान प्रणालीलाई वैज्ञानिक र प्रभावकारी बनाउने कार्य सरकारको उच्च प्राथमिकतामाः छः मन्त्री सिन्हा

मौसम पुर्वानुमान प्रणालीलाई वैज्ञानिक र प्रभावकारी बनाउने कार्य सरकारको उच्च प्राथमिकतामाः छः मन्त्री सिन्हा
अ+ अ-

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री अनिलकुमार सिन्हाले नेपालको मौसम पूर्वानुमान प्रणालीलाई वैज्ञानिक, विश्वसनीय र प्रभावकारी बनाउने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्।

विश्व मौसम दिवसका अवसरमा सोमवार जल तथा मौसम विज्ञान विभागले आयोजना गरेको कार्यक्रममा मन्त्री सिन्हाले पूर्वानुमान प्रणालीलाई थप सुदृढ बनाउन उपकरण विस्तार, आधुनिक प्रविधिको प्रयोग, पूर्वाधार विकास तथा दक्ष जनशक्ति उत्पादनमा जोड दिने नीति सरकारले लिएको जानकारी दिए। उनले पूर्वसूचना प्रणालीलाई सशक्त बनाउँदै जोखिममा रहेका समुदायसम्म समयमै सूचना पु¥याउने कार्यलाई प्राथमिकतामा राखिएको उल्लेख गरे।

उनका अनुसार जल, मौसम, जलवायु र हिमसम्बन्धी अवलोकन तथा तथ्यांक संकलनमा गरिने लगानीले भविष्यमा अध्ययन, अनुसन्धान, विपद् न्यूनीकरण तथा पूर्वतयारीमा महत्वपूर्ण सहयोग पुग्नेछ। विकासका हरेक आयामसँग मौसमसम्बन्धी सूचनाको प्रत्यक्ष सम्बन्ध रहेको पनि उनले बताए।

मन्त्री सिन्हाले सीमित स्रोतसाधनका बाबजुद विभागले समयमै मौसमसम्बन्धी जानकारी उपलब्ध गराउँदै आएको उल्लेख गर्दै नेपालको भौगोलिक विविधताका कारण यहाँको मौसम प्रणाली अत्यन्त जटिल र संवेदनशील रहेको बताए।

पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनको प्रभाव बढ्दै जाँदा असामान्य वर्षा, बाढी, पहिरो, तातो हावाको लहर, हिमनदी पग्लिने दरमा वृद्धि तथा हिमताल विस्फोटजस्ता जोखिमहरू तीव्र बन्दै गएको उनको भनाइ छ। यस्ता घटनाले जनजीवन, पूर्वाधार र राष्ट्रिय अर्थतन्त्रमा गम्भीर असर पारिरहेको उनले बताए।

मन्त्री सिन्हाले विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी सूचना प्रणालीको विकासमा सरकारले प्राथमिकता दिएको जनाउँदै आवश्यक नीति तथा नियम निर्माणको तयारी भइरहेको जानकारी दिए। उनले स्थानीय तहमा तालिम सञ्चालन गर्नुपर्ने र स्थानीय भाषामै मौसमसम्बन्धी सूचना प्रवाह गर्नुपर्नेमा जोड दिए।

विशेषगरी महिला र बालबालिकामा भाषागत पहुँचको अभावका कारण पूर्वसूचनाको प्रभावकारिता कम हुने गरेको उल्लेख गर्दै उनले सबै समुदायसम्म सहज रूपमा सूचना पुग्ने व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए।