४ भाद्र २०८३, बिहीबार
,
Latest
ग्यास सिलिण्डरमा स्थायी ट्रयाकिङ प्रणाली लागू गर्नुपर्नेमा जोड ग्यासको कृत्रिम अभाव रोक्न प्रभावकारी अनुगमन गर्न सांसदहरूको माग गुल्मीमा मदन भण्डारी राजमार्गका प्रभावित घरधनीलाई १० करोडभन्दा बढी क्षतिपूर्ति वैदेशिक सहायता राष्ट्रिय प्राथमिकता र सरकारी कोषमार्फत परिचालन गर्न निर्देशन वैदेशिक सहायता घट्दैछ, निजी पुँजी परिचालन गर्नेतर्फ जाँदैछौँः अर्थमन्त्री डा. वाग्ले एक वर्षभित्र बागमतीमा स्वच्छ पानी बगाउने गरी ढल व्यवस्थापन गरिँदै एलपीजी ग्यासको व्यवस्थापनमा डिजिटल ट्रयाकिङ प्रणाली लागू गर्न संसदीय समितिको निर्देशन तनहुँकाे नारेश्वर तालमा पानी भरिन थाल्यो, कृषि र पर्यटन विकासको आधार बन्दै वैदेशिक सहायता शोधभर्ना नहुँदा राज्यकोषमा दबाब परेको रास्वपा सांसद पराजुलीको भनाइ वागमती नदी संरक्षण र पुनर्जीवनका लागि सरकारलाई संसदीय समितिको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानसँगको युद्ध यो साता सकिने सम्भावना कमः ट्रम्प



अ+ अ-

काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी अमेरिकी–इजरायली युद्ध यसै साता समाप्त हुने सम्भावना कम रहेको बताएका छन् । यद्यपि उनले द्वन्द्व ‘छिट्टै अन्त्य हुने’ दाबी दोहोर्‍याए ।।

ह्वाइट हाउसमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले युद्ध यसै साता सकिन्छ कि भन्ने प्रश्नमा ‘म त्यस्तो ठान्दिनँ, तर चाँडै अन्त्य हुनेछ,’ भने। उनले भने, “धेरै समय लाग्दैन, यो छिट्टै टुंगिन्छ ।”

ट्रम्पले चाँडै नै होर्मुज जलडमरूमध्यबाट गुड्ने जहाजहरूको सुरक्षा गर्न प्रस्ताव गरिएको अमेरिकी गठबन्धनमा सामेल हुन सहमत भएका देशहरूको नाम घोषणा गर्ने पनि बताए। उक्त समुद्री मार्गबाट विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने भएकाले यसलाई अत्यन्त महत्वपूर्ण मानिन्छ ।

तर अमेरिकी प्रस्तावित सुरक्षा गठबन्धनमा धेरै अमेरिकी सहयोगी देशहरूले स्पष्ट समर्थन जनाएका छैनन् वा सहभागी हुन अस्वीकार गरेका देखिन्छन् । ट्रम्पले युरोपेली सहयोगीहरूको यस विषयमा देखिएको अनिच्छाप्रति आलोचना समेत गरे ।

यसैबिच, युरोपेली सङ्घकी शीर्ष कूटनीतिज्ञ काया कालासले ब्रसेल्समा बोल्दै युरोपलाई लामो समयसम्म चल्ने युद्धमा रुचि नभएको बताउनुभयो । उहाँले यो युरोपको युद्ध नभए पनि यसको प्रभाव युरोपका हितसँग जोडिएको उल्लेख गरे।

संयुक्त राज्य अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि व्यापक आक्रमण सुरु गरेका थिए । त्यसयता द्वन्द्वका कारण अन्तर्राष्ट्रिय जलमार्गमा ढुवानी प्रभावित भएको, तेलको मूल्य बढेको र विश्व अर्थतन्त्रमा अस्थिरता बढेको बताइएको छ ।