५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता

एमसीसीमा कुनै पनि व्यवधान छैन, तुरुन्त संसदबाट पारित गर्नुपर्छ : पूर्व अर्थमन्त्री महत

एमसीसीमा कुनै पनि व्यवधान छैन, तुरुन्त संसदबाट पारित गर्नुपर्छ : पूर्व अर्थमन्त्री महत
अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले एमसीससी अमेरिकाको सैन्य गठबन्धनको अंग नभएकोले नेपालले संसदबाट चाँडोभन्दा चाँडो पारित गर्नुपर्नेमा गरेका छन् । उनले भने,‘यो मिलिटरी एलायन्स होईन् । यसको मिलिटरीसँग कुनै सम्बन्ध छैन् । यसको प्युअर पर्पोज भनेको नै गरिबी निवारण हो ।’

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले एमसीसीबारे भ्रममा नपर्नपनि सबैलाई आग्रह गरेका छन् । उनले भने,‘आजपनि मैले अखबारमा देखेको थिएँ, प्रचण्डजीले पनि केही भन्नुभएको रहेछ, एमसीसीबारे भ्रममा नपर्न म सबैमा आग्रह गर्दछु । यो सहयोग प्राप्त गर्न हामीले धेरै मेहनत गरेका छौं । यो कुनैपनि मुलुकको खिलाफमा छैन् । मुलुकको आर्थिक वृद्धिद्धर बढाउनको लागि एमसीसीअन्तर्गतका कार्यक्रमहरुले ठूलो मद्दत पुग्छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले उक्त एमसीसी संघीय संसदबाट चाँडोभन्दा चाँडो पारित गर्न सरकारसमक्ष आग्रह समेत गरे । उनले भने,‘जसले यसको विरोध गरिरहेका छन्, त्यो भनेको अज्ञानताको कारण हो । एमसीसी भनेको त स्वतन्त्र बडी हो । यसमा कहाँ छ सैन्य गठबन्धन ? यो अमेरिकाको सैन्य गठबन्धन हो भन्नु काल्पनिक कुरा हो ।’

महतले सन् २००४ मा अमेरिकाको संसदले कानून बनाएर एमसीसी पास गरेको स्पष्ट पारे । उनले भने,‘यो अमेरिकाको विदेश मन्त्रालयको पनि अंग होईन, सन् २००२ मा मेक्सिकोमा भएको सम्मेलनमा नेपालको तर्फबाट मेरै नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी थियो । त्यतिवेला अमेरिकी राष्ट्रपति जर्ज बुश हुनुहुन्थ्यो, उहाँले गरिब मुलुकहरुको उत्थानको लागि, गरिबी निवारणको लागि यो कार्यक्रमको घोषणा गर्नुभएको थियो । वर्षमा ५ अर्ब अमेरिकी डलर सहयोग गर्ने अमेरिकाको घोषणा हो ।’

२००४ बाट अमेरिकी सरकारले निश्चित् शर्त र मापदण्ड पूरा गर्ने देशहरुलाई यो सहयोग दिने निर्णय गरेको पनि उनले सुनाए । अमेरिकाले अघि सारेका शर्तहरुमा त्यो देशमा नागरिक अधिकार छ कि छैन् ? राजनीतकि अधिकार, सुशासनको प्रत्याभुति, उदार आर्थिक नीति, लगानी प्रोत्साहनको वातावरण, मानवअधिकारको सुनिश्चितता्, जनताप्रति उत्तरदायी सरकार, गरिब निवारण, लैङिक समानतालगायतका शर्त र क्राईटएरिया पूरा गर्नेलाई एमसीसी सहयोग गर्ने घोषणा गरिएको थियो ।

त्यसको लागि नेपालले पनि एप्लाई गरेको सुनाउँदै सबै शर्त पूरा गरेर सहयोग लिन छनौट भएको पनि उनले स्मरण गराए । उनले भने,‘२० वटा ईण्डिकेटरमा नेपाल १७ मा उच्च नम्बर ल्याउन सफल भएको थियो । नेपाल छनौट भयो । नेपालले थ्रेसहोल्ड जसलाई पहिलो चरण भनिन्छ, त्यो पनि पार गरेको र दोस्रो कम्प्याक्ट एग्रिमेन्ट, त्यो पनि पार गरेको थियो । सन् २०१४ को डिसेम्बरमा म अर्थमन्त्री हुँदा नेपाल छनौट भएको थियो ।’
त्यतिवेला क्राईट–एरिया पूरा गर्ने देशलाई अमेरिकाले तीसदेखि ७० करोडसम्म डलर सहयोग गर्ने घोषणा गरेको पनि उनले सुनाए । उनले भने,‘विकासको लागि बाईण्डिङ कन्सेन्ट भनेको पूर्वाधारको विकास नै हो । दोस्रो, पावर डेभलपमेन्ट र ईनर्जी डेभलपमेन्ट र ट्रान्सपोर्ट डेभलपमेन्ट हो ।’ सन् २०१५ मा आफू अर्थमन्त्री भएकै बेलामा नेपालमा एमसीसीको कार्यालय खुलेको पनि महतले स्पष्ट पारे ।

सन् २०१७ मा एमसीसीका लागि परियोजना नै छनौट गरिएको उनले सुनाए । अमेरिकाले पनि नेपालको आर्थिक नीतिदेखि अन्य सबै कुरा ठीक भएकोले परियोजना स्विकृत गरेको पनि उनले सुनाए । उनले भने,‘त्यतिवेला शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्थ्यो र ज्ञानेन्द कार्कीजी अर्थमन्त्री हुनुहुन्थ्यो ।’ उनले एमसीसीलाई ग्लोबल फेनोमेननको संज्ञा दिए । उनले भने,‘एमसीसीअन्तर्गत विश्वका सबै गरिब मुलुक यसबाट लाभ लिएका छन् । नेपालले एमसीसीअन्तर्गत ५६ अर्ब बराबरको सम्झौता गरेको हो । यो कुनै ऋण होईन, अनुदान हो ।’

उनले नेपालीहरुले नै यसको योजना छनौट गरेको कुरा दोहोर्याए । उनले भने,‘यसमा काम सुरु गरेको पाँच वर्षभित्र आयोजना सम्पन्न गर्ने कार्यान्वयनको गतिलो पक्ष समावेश गरिएको छ । यी आयोजना कार्यान्वयन गर्दा पर्यावरण पनि बिगार्न नहुने शर्त छ । फाईनान्सियल प्लानिङपनि राम्रो हुनुपर्नेछ ।’

उनले नेपाल असंलग्न राष्ट्र भएकोले कुनैपनि सैन्य गठबन्धनमा सहभागी नहुने जिकिर गरे । उनले भने,‘हामीले आफ्नो नीतिअनुसार सहयोग लिने हो । उनीहरुले आफ्नो नीतिअनुसार सहयोग दिने हो।’ उनले एमसीसीको कुनैपनि क्लाउज आपत्तिजनक नभएको पनि जिकिर गरे । उनले भने,‘मेरो बुझाईमा त ईण्डो प्यासिफिक स्टाटेजीपनि मिलिटरी एलायन्स होईन् ।’

उनले चीनबाट पनि नेपालले सुरक्षासम्बन्धी सहयोग लिएको सुनाए । उनले भने,‘चीन र भारतबाट पनि नेपालको सेनालाई सहयोग भएको छ । अमेरिकाले पनि सहयोग गरेको छ ।’ एमसीसी त ‘ईकोनोमिक–फेनोमेन’ भएको उनको भनाई छ । उनले भने,‘एमसीसी बाईल्याटरल एग्रिमेन्ट हो ।’
नेपालको भारत, चीन र अमेरिकासँग राम्रो सम्बन्ध रहेको पनि सुनाए । उनले भने,‘एक मुलुकसँग सम्बन्ध राख्दा अर्को मुलुकलाई असर गर्नुहुँदैन् । हामी यो विषयमा सचेत छौं । दुई देशबीचको हित हेर्दा तेस्रो मुलुकलाई अहित नहोस् ।’ एमसीसीमा कुनै पनि व्यवधान नभएकोले तुरुन्त संसदबाट पारित गर्न उनले आग्रह गरे ।

फरक प्रसँगमा उनले नेपालको राष्ट्रपति विद्यादेवी भण्डारीको हैसियत संवैधानिक भएकोले सोहीअनुसार आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले भने,‘सरकारले गलत गर्न लागे त्यसलाई रोक्ने हो । उहाँले संविधानले दिएको अधिकार प्रयोग गर्नुपर्छ, त्योभन्दा शक्तिशाली हुन खोज्नु ठीक होईन् । कतिपयले उहाँले भिसी बनाउनपनि चासो गर्नुभयो भन्ने कुरापनि आएको छ ।’

भारतसँगको सीमा विवादको सम्बन्धमा पनि उनले कुटनीतिक रुपमा समाधान खोजिनुपर्नेमा बताए । उनले भने,‘सीमा विवादको समस्या कुटनीतिक रुपमा हल गरिनुपर्छ । भारतसँगको अरु सम्बन्ध बिग्रिएको छैन् । भारत र चीनबीचपनि सिमा विवाद छ, तर उनीहरुबीच अरु सम्बन्ध राम्रो छ ।’
महतले १८१६ मा भएको सुगौली सन्धीअनुसारको सीममा नेपालको दाबी रहेको स्पष्ट पारे । उनले भने,‘चाँडोभन्दा चाँडो यो विवादको समाधान गर्नुपर्छ ।’ उनले नेपालकै नक्शामा विगतमा गलत भएको पनि त्रुटी औंल्याए ।

उनले कांगेसभित्र केही विवाद रहेको सुनाउँदै ती विवादको चाँडो समाधान हुनुपर्नेमा जोड दिए । उनले भने,‘बहुमतको आधारमा पेलेर अनुचित निर्णय गर्नुहुँदैन् । सहमतिमा निर्णय गरिनुपर्छ । महाधिवेशनलाई प्रभावित पार्ने कुनै पनि काम गर्नुहुँदैन् । मूल एजेण्डा अब महाधिवेशनलाई नै बनाउनुपर्छ ।’ उनले पार्टी एक बनाउने आम नेता तथा कार्यकर्ताको चाहना रहेको पनि सुनाए । उनले भने,‘पार्टीलाई बलियो बनाउनेगरि त्यही ढंगले गतिविधि गर्नुपर्छ ।’