१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह

वन्यजन्तुबाट प्रभावित किसानलाई राहत वितरण

वन्यजन्तुबाट प्रभावित किसानलाई राहत वितरण
अ अ+ अ-

रसुवा। लाङटाङ राष्ट्रिय निकुञ्जभित्रका वन्यजन्तुबाट प्रभावित किसानलाई राहत प्रदान गरिएको छ ।

निकुञ्ज प्रशासनका अनुसार सबैभन्दा बढी क्षति बँदेल (जङ्गली सुँगुर)बाट भएको छ । चालुआवको हालसम्म वन्यजन्तुबाट एक सय ५७ जना प्रभावित भएका छन् ।

रेन्जर रूपेश लामाका अनुसार प्रभावितमध्ये बाँदरबाट ३४, बँदेलबाट एक सय ११, चितुवाबाट ११ र भालुबाट एक जना प्रभावित भएका छन् ।

चितुवाको आक्रमणबाट पशुधनतर्फ करिब रु तीन लाख ७० हजारबराबरका बाख्रा–भेडा नोक्सान भएको पनि निकुञ्जले जनाएको छ । वन्यजन्तुबाट हुने क्षतिसम्बन्धी राहत निर्देशिका, २०८० बमोजिम राहत उपलब्ध गराइँदै आएको छ । सोही निर्देशिकाअनुसार मानव र वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि हालसम्म रु १४ लाख ९९ हजार ४०० राहत वितरण गरिएको छ ।

केही किसानको मागअनुसार राहत रकम अपुगका कारण भुक्तानी गर्न बाँकी रहेको रेञ्जर लामाले जानकारी दिनुभयो । स्थानीय अगुवा किसान साधुराम पौडेलका अनुसार रसुवाको उत्तरी क्षेत्रमा भालु र बँदेलको समस्या बढी देखिएको छ भने दक्षिणी क्षेत्रमा बाँदरले बालीमा धेरै क्षति पुर्याउने गरेका छन् ।

वन्यजन्तुले बाली वा पशुधनमा क्षति पुर्याएमा राहत प्राप्त गर्न कृषि तथा पशु सेवा कार्यालयको सिफारिस, प्रहरी प्रतिवेदन, स्थलगत मुचुल्का, निकुञ्ज मध्यवर्ती उपभोक्ता समितिको सिफारिस, निकुञ्ज प्राविधिकको निरीक्षण प्रतिवेदनलगायतका कागजात आवश्यक पर्ने निकुञ्जले जनाएको छ ।

पशुधन क्षति भएको अवस्थामा घटनास्थलको फोटो, मुचुल्का, प्रहरी प्रतिवेदन तथा स्वीकृत चिकित्सकबाट गरिएको पोष्टमार्टम प्रतिवेदनसमेत पेस गर्नुपर्ने निर्देशिकाले उल्लेख गरेको बताइएको छ ।

त्यसैगरी वन्यजन्तुको आक्रमणबाट मानिस घाइते भएमा सरकारी अस्पतालको बिलबमोजिम उपचार खर्च उपलब्ध गराइने व्यवस्था रहेको छ ।

निकुञ्ज प्रशासनले जङ्गल क्षेत्रमा घाँस काट्न वा आवतजावत गर्दा एक्लै नजान, सम्भव भएसम्म साथी लिएर सावधानीपूर्वक हिँडडुल गर्न स्थानीयवासीलाई आग्रह गरेको छ । रासस