२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै विनाश देखेकी विष्णुको अनुभूतिः त्यो दिन सामान लिन छात्रावासमा गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा प्राकृतिक विपत्ति अकल्पनीय छ, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिऔँः अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले परराष्ट्र नीतिमा सन्तुलन कायम राख्नुपर्छ : पूर्वपरराष्ट्रमन्त्री कोइराला



अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले नेपालले परराष्ट्र नीतिमा सन्तुलन कायम राख्नुपर्ने बताउनुभएको छ ।

पूर्वउपप्रधान एवं परराष्ट्रमन्त्रीसमेत रहनुभएकी कोइरालाले आज सञ्चारकर्मीसँग कुरा गर्दै सबै छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई सन्तुलन कायम राख्नुपर्ने बताउनुभएको हो । नेत्री कोइरालाले कांग्रेसलाई आधुनिकीकरण र प्रविधिमैत्री बनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले पार्टीभित्र र देशभित्र सहमति, सहकार्य र एकताको खाँचो रहेको औँल्याउनुभयो ।

उहाँले कांग्रेस सभापति गगनकुमार थापाले पार्टीभित्र सबैलाई समेटेर अगाडि बढ्नुपर्ने बताउनुभयो । नेत्री कोइरालाले कांग्रेसले जेनजी आन्दोलनको मर्म र भावनालाई सम्बोधन गरेर अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो । पार्टीको हरेक संरचनामा युवा सहभागिता आवश्यक रहेको उहाँको भनाइ थियो । रासस