काठमाडौं । नेकपा (माओवादी केन्द्र)को बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्न सुरु गरेका छन् ।
कमलादीस्थित प्रज्ञा भवनमा सुरु भएको बन्दसत्रमा प्रचण्डले सम्बोधन सुरु गरेका हुन् ।
बन्दसत्रमा अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दैछन् ।
माओवादीले बन्दसत्र सञ्चालनका लागि कृष्ण बहादुर महरा, गणेश शाह, गिरिराजमणि पोखरेल, परशुराम तामाङ, पूर्णकुमारी सुवेदी, परशुराम रम्तेल र रुपा महर्जन गरी ७ जनाको अध्यक्षमण्डल चयन गरेको छ ।