१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन

बाग्मती शुद्ध गर्न बृहत् पाशुपतक्षेत्र पदयात्रा गरिने

बाग्मती शुद्ध गर्न बृहत् पाशुपतक्षेत्र पदयात्रा गरिने
अ अ+ अ-

काठमाडौँ। विगत साढे चार दशकदेखि प्रदूषित बन्दै गएको बाग्मती नदीलाई शुद्ध बनाई बाग्मतीको जलले पशुपतिनाथलाई स्नान गराउन ‘बृहत् पाशुपतक्षेत्र पदयात्रा’ गर्ने तयारी भएको छ ।

आज आयोजित पत्रकार साक्षात्कार एवं प्राज्ञिक उद्बोधन कार्यक्रममा आराध्यदेव भगवान् श्रीपशुपतिनाथ र पाशुपतक्षेत्रको माहात्म्य एवम् पवित्र बाग्मती नदीको विशिष्टता उजागर गर्ने उद्देश्यले ‘बृहत् पाशुपतक्षेत्र पदयात्रा’ (चौसट्ठी सिद्धलिङ्ग दर्शन) गर्न लागिएको जानकारी दिइएको हो ।

पशुपतिनाथ, पाशुपतक्षेत्र तथा बाग्मती नदीको विशिष्टता समस्त सनातनी तथा नेपालीलाई जागृत गराउने पदयात्राको मुख्य उद्देश्य रहेको महेश सन्न्यास आश्रमका पीठाधीश एवम् ‘महेश संस्कृत गुरुकुलम्’ का अध्यक्ष स्वामी रमणानन्द गिरिले जानकारी दिनुभयो । उहाँका अनुसार बाग्मती नदी प्रदूषित भएकामा भगवान् पशुपतिनाथ एवं बाग्मतीप्रति क्षमायाचना तथा प्रायश्चित गर्ने उद्देश्यका साथ पदयात्रा आयोजना गर्न लागिएको हो । स्वामी गिरिको सत्सङ्कल्पमा पदयात्रा गर्न लागिएको जनाइएको छ ।

आगामी चैत १५ गते पशुपति शङ्कराचार्यमठमा बृहत् पशुपति यात्राको समुद्घाटन गरिने पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । सोहीदिन पशुपतिपूजन तथा बाग्मती गङ्गाको विशेष आरती गरिने छ । चैत १६ गते पशुपति क्षेत्रबाट आदिलिङ्ग कुशेश्वरतर्फ यात्रा गरिने छ । पाशुपत पदयात्राको शुभारम्भ आदिलिङ्ग कुशेश्वर महादेवको दर्शनबाट हुने स्वामी गिरिले बताउनुभयो ।

कुशेश्वरबाट दोलखा भीमसेनको दर्शन गरेर फर्किएपछि सिन्धुली, नुवाकोट, धादिङ, मकवानपुर, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, जनकपुरलगायत क्षेत्रमा रहेका सिद्धलिङ्गको दर्शनका लागि पनि पैदल यात्रा गरिने योजना रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार कम्तीमा ३५–४० दिनमा बाग्मती प्रदेशका १० जिल्लामा रहेका सिद्धलिङ्गको तीर्थयात्रा सम्पन्न हुने अनुमान गरिएको छ ।

पदयात्राका संयोजक पण्डित कपिलदेव सुवेदीले ६४ शिवलिङ्गको यस किसिमको यात्रा प्रताप मल्लपछि अहिले गर्न लागिएको जानकारी दिनुभयो । पदयात्रा समितिका सचिव श्यामकृष्ण सुवेदीले ६४ शिवलिङ्गमध्ये २४ वटा काठमाडौँमा रहेका जानकारी दिनुभयो ।

उहाँका अनुसार पदयात्राका क्रममा काठमाडौँ वरपरका १० जिल्लाबाट तीनपटक पशुपतिनाथको परिक्रमा हुनेछ । रासस