१८ आश्विन २०८१, शुक्रबार
,
Latest
प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने नख्खुका बाढी पीडितलाई स्थानीयको ढाडस: दैनिक तीन सयलाई खाना खुवाउँछन् काभ्रेका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई काठमाडौँ महानगरपालिकाको २०/२० लाख रुपैयाँ सहयोग सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह शरीरमा देखिने यी ६ संकेतले संकेत गर्छ कि तपाईले धेरै चिनी खाइरहनुभएको छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जग्गा नापजाँच एवं अभिलेखीकरण शुरु



अ+ अ-

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा अव्यवस्थित बसोवास व्यवस्थापन तथा सार्वजनिक जग्गा संरक्षणका लागि जग्गा नापजाँच एवं अभिलेखीकरण आजदेखि शुरु भएको छ ।

बुटवल उपमहानगरपालिका–११ स्थित देवीनगरमा नगर प्रमुख शिवराज सुवेदीले उपकरणबाट जग्गा हेरेर जग्गा नापजाँच एवं अभिलेखीकरणको शुभारम्भ गर्नुभयो । लालपुर्जा भएको जग्गालाई आधार मानेर उक्त वडाको ८० बिघा जग्गाको नापजाँच शुरु हुने बताइएको छ । नगरप्रमुख सुवेदीले सबै वडामा नापजाँच प्रक्रिया अघि बढाइने जानकारी दिँदै घरधुरीको लगत सङ्कलनपछि जग्गाको यकिन सर्वे जरुरी रहेको बताउनुभयो ।

उहाँले प्रदेशसभाबाट भूमि व्यवस्थापन ऐन बनेपछि गठन हुने आयोगले भूमिसम्बन्धी समस्या समाधान गर्ने उल्लेख गर्दै कार्यदल गठन गरेर अव्यवस्थित बसोवास व्यवस्थापन तथा सार्वजनिक जग्गा संरक्षणका लागि काम शुरु गरिएको जानकारी दिनुभयो ।

उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले विकासका आयामलाई बढाउन उपमहानगरपालिकाभित्रका विभिन्न प्रकृतिका जग्गाको व्यवस्थापन गरिने बताउनुभयो । उहाँले उपमहानगरपालिकाभित्रका गाउँ ब्लक, ८ नं लगायतका जग्गाको पहिचान गरी करिब १७ हजार घरधुरीको जग्गा अहिले नापजाँच हुन लागेको जानकारी दिनुभयो । अव्यवस्थित बसोवास व्यवस्थापन तथा सार्वजनिक जग्गा संरक्षणका लागि जग्गा नापजाँच एवं अभिलेखीकरण गर्न क्रिएटिभ एजुकेशन एण्ड कन्ट्रक्स प्रालिलाई रु ११ लाख ९२ हजारमा ठेक्का दिइएको छ ।

जग्गा नापजाँच एवं अभिलेखीकरण कार्यदलका संयोजक एवं ११ नं वडाका अध्यक्ष रामकुमार क्षेत्रीले कार्यविधि र कानून बनाउँदा व्यवधान खडा भएको उल्लेख गर्दै यस्तो नापजाँच प्रक्रियाले शहरको सुन्दरता बढाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । सो क्रिएटिभ एजुकेशन एण्ड कन्ट्रक्स प्रालिले चैत मसान्तसम्ममा जग्गा नापजाँचको प्रतिवेदन बुटवल उपमहानगरपालिकालाई बुझाउने छ । यस वडामा सबैभन्दा बढी सार्वजनिक जग्गा र अव्यवस्थित बसोवास रहेको पाइएको छ ।