१८ आश्विन २०८१, शुक्रबार
,
Latest
बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने नख्खुका बाढी पीडितलाई स्थानीयको ढाडस: दैनिक तीन सयलाई खाना खुवाउँछन् काभ्रेका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई काठमाडौँ महानगरपालिकाको २०/२० लाख रुपैयाँ सहयोग सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय च्याउ जागरण अभियान शुरु



अ+ अ-

भद्रपुर । च्याउ उत्पादक किसान सङ्घ नेपालले अनाधिकृत रुपमा भारतबाट आयत हुने कम गुणस्तरका च्याउको आयात बन्द गर्न, स्वदेशमै भइरहेका गुणस्तरीय च्याउ उत्पादन र बजारीकरणमा सहजीकरण गर्न सरकारसँग माग गर्दै आजदेखि मेची महाकाली यात्रा शुरु गरेको छ ।

आज बिहान पूर्वी नाका काँकडभिट्टाबाट राष्ट्रिय च्याउ जागरण अभियान २०७६ को उद्घाटन जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले गर्नुभयो । देशभरका ३५ हजार च्याउ किसान सङ्गठित भएको संस्थाले पहिलोपटक जागरण अभियान सञ्चालन गरेको सङ्घका अध्यक्ष प्रेमनारायण अधिकारीले बताउनुभयो ।

उहाँले यात्रामा मेचीदेखि महाकालीसम्मका २९ वटा स्थानमा च्याउ किसान, व्यवसायी, स्थानीय तहहरुसँग अन्तरक्रिया गर्दै उत्पादनमा आधारित अनुदानलाई प्रभावकारी बनाउन, बैंक तथा वित्तीय संस्थाबाट प्रदान गरिने सहुलियत दरको कर्जा सहजरुपमा उपलब्ध गराउन, च्याउ बीमा प्रभावकारी रुपमा लागू गराउन, पोष्ट हार्भेस्टसम्बन्धी उच्च ज्ञानको आदानप्रदान गर्नुका साथै किसानको समस्या पहिचान गरी समाधानको पहल गरिने बताउनुभयो ।

सरकारलाई राष्ट्रिय च्याउ केन्द्र स्थापनाका लागि नीति बनाउन दबाब सिर्जना गर्नका लागि यात्राकै क्रममा यही पुस १५ गते हेटौँडामा बृहत् ¥यालीसहित दबाबमूलक कार्यक्रम गरिने सङ्घका सहअध्यक्ष चित्रराज तिम्सिनाले बताउनुभयो । उहाँले २९ गते डडेलधुरा पुगेर यात्रा सकिने र पुनः काठमाडौँ नै पुगेर भव्य कार्यक्रम आयोजना गरी समापन गरिने बताउनुभयो ।

यात्रामा नेपाल सरकार कीट विकास केन्द्र हरिहरभवन ललितपुर, कृषक समूह महासङ्घ नेपाल, अष्टअभियान नेपाल र नेपाल कृषि उत्पादन तथा बजारीकरण सञ्जालको सहकार्य तथा एक्यबद्धता जनाएका छन् । यात्रामा देशभरका च्याउ किसान सहभागी रहेको अध्यक्ष अधिकारीको भनाइ छ ।