१८ आश्विन २०८१, शुक्रबार
,
Latest
बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने नख्खुका बाढी पीडितलाई स्थानीयको ढाडस: दैनिक तीन सयलाई खाना खुवाउँछन् काभ्रेका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई काठमाडौँ महानगरपालिकाको २०/२० लाख रुपैयाँ सहयोग सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसरी पक्राउ परे १२२ चिनियाँ



अ+ अ-

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी) ले चिनियाँ प्रहरीको सूचनाको आधारमा आपराधिक गतिविधिमा संलग्नहरुलाई पक्राउ गरिएको जनाएको छ ।

बुधबार पत्रकार सम्मेलन गर्दै सीआइबीले चिनियाँ प्रहरीको सूचनाका आधारमा थालिएको निगरानीपछि १२२ जनालाई पक्राउ गरिएको बताएको हो । सीआइबीका डिआइजी निरजबहादुर शाहीले चिलिमा भएको इन्टरपोलको ८८ औं सम्मेलनमा चिनियाँ नागरिकहरु पर्यटक भिसामा नेपाल आएर आपराधिक कृयाकलापमा संलग्न रहेकाले सहयोग गर्न आगह गरेपछि निगरानी सुरु गरेको बताउनुभयो । डिआइजी शाहीले तारकेश्वर नगरपालिकाको मनमैजमा ५ घर, बाँसबारीमा ३ र बुढानिलकण्ठमा १ घरमा छापा मारेको बताउनुभयो । उनीहरुको साथबाट ठूलो संख्यामा मोबाइल, ल्यापटप र सीमकार्ड लगायतका सामान बरामद गरिएको बताउनुभयो ।

पक्रउ परेका उनीहरुले विधुवा महिला, धनी महिला, युवावर्ग र व्यापारीहरुलाई जालमा पारी अनलाईन च्याट गराउने, नक्कली वेव बनाएर पैसा आउने लोभ देखाउँदै ठग्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको र अनुसन्धान पूर्ण नभइ कुनै पनि कुरा पुष्टि गर्न नसकिने उहाँले बताउनुभयो । ‘अनलाइनमा लगानी गरे थोरै रकमबाट धेरै आउँछ भन्‍ने प्रभावमा पार्दा रहेछन । अलिकति रकम हालेपछि विश्वास जित्‍नकै लागि आफैंले रकम थपेर पठाउने गरेको पनि पाइयो । पछि बढी रकम हाल्न लाउने र ठग्‍ने रहेछ’,उहाँले भन्नुभयो ।

अहिले उनीहरुमाथि पक्राउ गर्न खोज्दा महिला प्रहरीमाथि र सोधपुछका क्रममा प्रहरीमाथि नै दुव्र्यवहार गरेकोले ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ । उनीहरु अन्य आपराधिक कार्यहरुमा पनि संलग्न हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान पनि जारी रहेको जनाएको छ ।