२५ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’ सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’ सुदूरपश्चिमका ७९ पालिकाले बनाएका छैनन् : मानवअधिकार समन्वय समिति आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकासमा नेतृत्वको सोँच अनुसार संयन्त्रले काम गरेन : उपाध्यक्ष ढकाल



अ+ अ-


नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् आइएमइ ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल संघीय व्यवस्थामा प्रवेश गरेसँगै देश विकासका आयोजनाहरुलाई अघि बढाउन राजनीतिक नेतृत्व जागरुक र उत्सुक देखिएको बताउनुभएको छ ।


उहाँले नेपाल नयाँ राजनीतिक संरचनामा प्रवेश गरेसँगै संघीय, प्रदेश र स्थानीय सरकारहरुमा आ–आफ्ना क्षेत्रमा लगानी भित्र्याउन एक किसीमले भन्दा प्रतिश्पर्धा देखिएको छ र यो सकारात्मक हो भन्नुभयो ।


बुटबलामा आज आयोजित बुटबल व्यापार मेलामा नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्षका रुपमा सम्बोधन गर्दैै उहाँले भन्नुभयो– तीन तहको सरकार बनेपछि यी सरकारहरुमा आफ्ना प्रदेश र क्षेत्रमा लगानी भित्र्याउने र विकास निर्माणका कामहरु गर्ने भावना जागेको मैले पाएकोछु तर त्यसलाई गतिदिन सरकारी संयन्त्रको पुरानै मानसिकता बाधक देखिन्छ ।


देशमा स्थीर सरकारसँगै विस्तारै लगानीको वातावरण बनेको देखिए पनि यही पुरानै माइन्ट सेटका कारण व्यावसायका लागि सोचेजस्तो सहज वातावरण बन्न नसकेको गुनासो देशैभरका व्यावसायीहरुको बढेको उहाँले बताउनुभयो ।


उहाँले नेपालको आर्थिक विकास तथा समृद्धिको यात्रामा निजी क्षेत्रको ठूलो योगदान रहेको भन्दै देश विकासको तीन खम्बे अर्थनीतिमा निजी क्षेत्र एक दरिलो खम्बा भएकोले यससँगको सहकार्य र साझेदारीबाट मात्र देशमा समृद्धि आउने बताउनुभयो ।


उपाध्यक्ष ढकालले सरकारले कर तथा आर्थिक क्षेत्रका विषयमा नीति नियम तथा कानुन निर्माण गर्दा निजी क्षेत्रसँगको परामर्श र सहकार्यबाट गर्न सकिएमा कार्यान्वयनमा सजिलो पर्ने र यसबाट परिणाम पनि राम्रो निस्कने धारणा राख्नुभयो ।


स्थानीय स्तरको व्यावसायिक प्रवद्र्धनका लागि देशका विभिन्न क्षेत्र र जिल्लामा आयोजना हुने मेला महोत्सवहरुमा स्थानीय उत्पादन, सीप र कलालाई प्रवद्र्धन गरी बजारसम्म पुर्याउने विषयमा ध्यान दिन व्यवसायीहरुलाई उहाँले सुझाव दिनुभयो ।


उहाँले भन्नुभयो– म व्यवसायी मित्रहरुलाई यो आग्रह गर्न चाहन्छु कि यस्ता स्थानीय स्तरका मेला महोत्सवहरुले स्थानीय उत्पादनलाई उत्प्रेरित गर्ने र आगामी दिनमा यही क्षेत्रमा उद्यमशिलताका ढोकाहरु खोलिदिने अवसरका रुपमा विकास गर्नुपर्दछ ।


नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व तहमा बसेको र आफै पनि एकजना उद्यमी तथा बैंकरका हैसियतमा उहाँले महासंघले नेपालका समग्र व्यवसायीहरुका समस्याको समाधान गर्न र व्यावसायिक हक हितको संरक्षण गर्न कुनै कसर बाँकी नराखी काम गर्ने विश्वास पनि दिलाउनुभयो ।