५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी

आज खण्डग्रास सूर्यग्रहण: कहाँबाट कति बजे देखिन्छ ? कुन राशीलाई के योग ?

आज खण्डग्रास सूर्यग्रहण: कहाँबाट कति बजे देखिन्छ ? कुन राशीलाई के योग ?
अ+ अ-

काठमाडौं । बिहीबार बिहान सूर्यग्रहण लाग्दैछ । अंग्रेजी क्यालेण्डर बमोजिम बिहीबार लाग्ने ग्रहण यसवर्षको अन्तिम सूर्य ग्रहण हुनेछ । नेपालबाट अवलोकन गर्दा सूर्यको केही भागमात्रै ढाकिएको हुनाले खण्डग्रास मात्र देखिनेछ । नेपालमा बिहान ८ः३० मिनेटमा सुरु हुने सूर्यग्रहण १०ः१ मिनेटमा मध्य हुने र ११ः३१ मिनेट जाँदा सकिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । ग्रहणको समयमा नेपालबाट करीब १०ः०० बजे सूर्यको करीब ४० प्रतिशत भाग ढाकिएको देखिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए ।

एष्ट्रोनोमिकल सोसाइटीले ग्रहणको समय तीन घण्टा ३० मिनेट रहेको जनाएको छ । तर ज्योतिष परिषद्ले भने दुई घण्टा ४९ मिनेट मात्रै हुने जनाएको छ । राति ९ बजेर ४२ मिनेटदेखि सुतक लाग्ने ज्योतिष परिषद्का केन्द्रीय सदस्य समेत रहेका ज्योतिष केशव गौतमले बताए ।

ग्रहणमा के गर्ने, नगर्ने ? खगोल विज्ञानले ग्रहण लागेको बेला गर्न हुने÷नहुने केही नरहेको बताउँछ । तर धार्मिक मान्यतासँगै ज्योतिष विज्ञानले भने सूर्य ग्रहणको बेला गर्न हुने र नहुने कार्यलाई वर्गीकरण गरेको छ । उक्त मान्यता बमोजिम ग्रहण लागेको बेला दानपुण्य गर्ने, भिक्षा दिने, धार्मिक कार्य गरे राम्रो प्रतिफल पाउने हो । ज्योतिष गौतमका अनुसार ग्रहण लागेको गंगा स्नान गर्ने, मन्त्र सिद्धि प्राप्त गर्ने, गुरु बनाउने जस्ता कार्यको प्रतिफल राम्रो हुने बताउनुहुन्छ । धार्मिक मान्यता बमोजिम सूर्यलाई भगवानको रुपमा पूजिन्छ । सूर्यमाथि दोष लागेको बेला र भगवान नै पीडामा हुँदा मनोरञ्जनात्मक गतिविधि गर्दा श्रापित हुने र पाप कर्मको रुपमा गणना हुने गौतम भन्छन् ।

समाजका अध्यक्ष भट्टराईले भने अन्य दिन जसरी नै सूर्य ग्रहणको बेला पनि सूर्यलाई नाङ्गो आँखाले हेर्न नहुने सुझाए । उनी थप प्रष्ट्याउछन्, “ग्रहण लागेको बेला सूर्यको प्रकाश छेकेर आउने हो, अन्य दिन प्रत्यक्ष रुपमा पृथ्वीमा पर्दा विकीरणबाट हुने असर ग्रहण लागेको बेला छेकेर आउने हुँदा विकीरणको प्रकोप कम हुने हो, बढ्ने होइन ।” उनले १६ डी आइएन भन्दा कम लेन्स भएको काँचले सूर्यलाई हेर्न नहुने बताउछन् । त्यसैगरी, छायाँ पारेर वा सूर्य ग्रहण हेर्न प्रमाणित पोलिमरको चश्मा प्रयोग गर्नु उपयुक्त हुन्छ ।

कुन राशीलाई के योग ? ज्योतिष केशव गौतमले सूर्यग्रहण लागेको बेला आठ राशीले सूर्यग्रहण हेर्न वर्जित रहेको बताउछन् । सूर्यग्रहणको बेला धनु राशीको मूल नक्षत्रमा रहने हुनाले धनु राशी र मूल नक्षत्र भएका ब्यक्तिले सूर्य ग्रहण हेर्न नहुने उनी बताउछन् । उनले यसपटकको सूर्यग्रहण चार राशीका लागि मात्रै लाभ योग रहेको प्रष्ट्याए । कर्कटलाई सुख प्राप्ति, तुलालाई श्री यश मानको प्राप्ती हुने तथा कुम्भ राशी भएकाले धन, पदलाभ हुनसक्ने र मीन राशीलाई सुख प्राप्ती हुनेछ ।

  • मेष राशी–मान नाश हुने
  • वृष–शारीरिक एवं मानसिक कष्ट हुने
  • मिथुन–स्त्री पीडा
  • सिंह–मानसिक/स्वास्थ्य चिन्ता
  • कन्या–साना रोग/व्याधा बढ्ने
  • वृश्चिक–धन/मानको क्षति हुने
  • धनु– विशेष घात
  • मकर–ब्यय/खर्च बढ्ने
  • ज्योतिष शास्त्रले ग्रहणको बेला सूर्य बसेको राशीबाट अन्य राशीहरुको अवस्थितिको आधारमा विभिन्न राशीको योग पत्ता लगाउँछ ।

सूर्यग्रहण कसरी लाग्छ ?सामान्यतया चन्द्रमा सूर्य र पृथ्वीको बीचमा पर्दा सूर्यग्रहण लाग्छ । पृथ्वी र चन्द्रमाले सूर्यको परिक्रमा गर्ने क्रममा चन्द्रमा सूर्य र पृथ्वीको ठीक बीचमा पर्ने संयोग नै सूर्यग्रहण हो । अर्थात चन्द्रमा बीचमा परेको बेला सूर्य चन्द्रमाले छेक्न पुग्दा पृथ्वीमा छायाँ बन्न जान्छ । र छायाँ बनेको पृथ्वीको धरातलमा सूर्य छेकिन गएको देखिने अवस्थालाई सूर्यमा ग्रहण लागेको भनिन्छ । खण्डग्रास र खग्रास सूर्यग्रहण देखिनुमा विभिन्न तत्वले काम गरेको हुन्छ । चन्द्रमा र पृथ्वीले आफ्नो अक्षमा घुम्ने क्रममा प्रत्येक १८ महिनामा पृथ्वीको कुनै न कुनै भागमा सूर्यग्रहण लागेको देखिन्छ ।

चन्द्रमाको बनोट करीब साढे करोड वर्षअघि भएको विश्वास गरिन्छ । र बिस्तारै चन्द्रमा पृथ्वीबाट टाढिदैछ । उक्त दुरी वार्षिक करीब १.६ इञ्च/चार सेन्टिमिटर मापिएको छ । वर्तमान अवस्थामा आकाशमा चन्द्रमाको आकार सूर्यको जत्तिकै देखिन्छ । र त्यसै कारणले पूर्णरुपमा छेकेको देखिने हो । तर उक्त कारण सधैं सत्य हुन्न । नेपालबाट सूर्यको खण्ड परेको भाग मात्रै देखिने हुँदा यसपटकको ग्रहणलाई वलय सूर्य ग्रहण भनिएको हो । नेपालबाट ‘रिङ्ग अफ फायर’को आकारमा सूर्य देखिन्न । तर यूरोप, एसिया, अष्ट्रेलिया र अफ्रिकाको केही भागबाट भने सूर्य उक्त आकारमा देखिनेछ ।

नेपालको पूर्वी भागबाट यसअघि सन् १९६५ को नोभेम्बर २३ तारेखको बिहान ‘रिङ्ग अफ फायर’को आकारमा सूर्य देखिएको थियो । अब फेरि नेपालले उक्त संयोगका लागि करीब ४५ वर्ष कुर्नुपर्नेछ । ‘रिङ्ग अफ फायर’कै आकारमा अब सन् २०६४ को फेब्रुअरी १७ को बिहान नेपालबाट सूर्य ‘रिङ्ग अफ फायर’को आकारमा देखिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।

ज्योतिष शास्त्रले सूर्यग्रहणबारे के भन्छ ? ज्योतिषि शास्त्र बमोजिम भने सूर्यमाथि राहुको प्रकोप लागेपछि सूर्यग्रहण लाग्छ । ज्योतिष केशव गौतमले धार्मिक मान्यता बमोजिम सूर्य राहुबाट ग्रसित भयो भने ग्रहण लागेको बताउछन् । सूर्यग्रहणलाई समुद्र मन्थनसँग जोडिएको छ । समुद्र मन्थनपछि निस्केको अमृत विष्णुले कन्याको रुप धारण गरी देवता र दानवमा बाँड्न थाले । अमृत देवतालाई मात्रै दिने र छल गरेर दानवलाई अमृत नदिने देखेपछि एकजना दानव देवताको रुप धारण गरी अमृत लिन पुगे ।

दानवले देवताको रुप धारण गरेको देख्ने देवताले उक्त रहस्य खोले । र दानव र देवताबीच ठूलै युद्ध हुन पुग्यो । रहस्य खोल्ने अरु कोही नभई राहु थिए । ज्योतिष गौतमका अनुसार दानवबाट बच्न राहु संरक्षणको लागि कहिले सूर्यतिर ढल्किने त कहिले चन्द्रमा तिर ढल्किने अवस्था आयो । र दानवबाटै श्रापित भएर सूर्यतिर ढल्किदा सूर्यग्रहण लाग्ने र चन्द्रमातिर ढल्किदा चन्द्रग्रहण लाग्ने गौतमले बताए । सूर्य वा चन्द्रग्रहण लागेको बेला भोजन गर्दा, नाङ्गो आँखाले हेर्नु जस्ता गतिविधि गर्नेलाई राहुको प्रकोप हुनु भनेको उक्त प्रकृयाले गर्दा नै भएको उनी तर्क गर्छन । गोरखापत्र दैनिकबाट