५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी

प्याकेजमा सहमति खोजिँदै, नेकपा–राजपा छलफल

प्याकेजमा सहमति खोजिँदै, नेकपा–राजपा छलफल
अ+ अ-

समाजवादीले समर्थन फिर्ता लिएपछि ओली नेतृत्व सरकारको दुईतिहाई गुम्यो , राजपा फकाउँदै समाजवादी

काठमाडौं । संघीय समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै वर्तमान सरकारको दुईतिहाई मत गुमेको छ । दुईतिहाई मत गुमे पनि सरकारको स्पष्ट बहुमत रहेकाले तत्काल कुनै असर पर्ने छैन । तर, नयाँ विकसित राजनीतिक घटनाक्रमसँगै प्रदेश–२ सरकार भने संकटमा देखिन थालेको छ । समाजवादी सरकारबाट बाहिरिएपछि अर्को मधेसवादी दल राष्ट्रिय जनता पार्टीलाई सरकारमा ल्याउने गृहकार्य सुरु भएको छ । अनौपचारिक रूपमा दुई पार्टी निरन्तर छलफलमा जुटे पनि सरकारमा सहभागी हुन राजपाले दुईओटा सर्तअघि सारेको छ ।

संविधान संशोधन र सांसद रेशम चौधरीको रिहाईसहित मुद्दा फिर्ता लिएपछि मात्र सरकारमा सहभागी हुने राजपाको सर्त रहेको छ । संविधान संशोधनका विषयमा सरकारले यसअघि नै औचित्यका आधारमा गर्न सकिने धारणा राख्दै आएको छ । तर, सांसद चौधरीको रिहाईका विषयमा सरकार लचिलो बन्न सक्ने नेकपा स्रोतको भनाइ छ । दुई पार्टीबीचमा कुरा नमिले तत्काल मन्त्रिपरिषद् विस्तार नहुने भएको छ । केही दिन प्रधानमन्त्रीले कानुन र सहरी विकास मन्त्रालय चलाउने र सहमति भएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ ।

राजपासँग प्याकेजमा सहमति जुटाउने तयारी नेकपाको छ । जसमा मन्त्री, उपसभामुख र प्रदेश–२ सरकार रहेको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नै प्रदेश–२ सरकारप्रति असन्तुष्टि जनाएका थिए । त्यसैले नेकपा प्रदेश–२ मा फागुनपछि सरकार परिवर्तन गर्ने तयारीमा रहेको छ । दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नसकिने संवैधानिक प्रावधान रहेकाले फागुनपछि सरकार परिवर्तन हुन सक्ने संकेत नेताहरूले गरिरहेका छन् । स्रोतका अनुसार नेकपाकै चाहानाअनुसार संघीय समाजवादी पार्टी सरकारबाट बाहिरिएको हो ।

नेकपा र राजपाबीच माघ ९ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति बन्यो । त्यही सहमतिपछि समाजवादी झस्कियो र मंगलबार सत्ताबाट बाहिरियो । मंगलबार सत्ताबाट बाहिरिएको भोलिपल्ट सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष उपेन्द्र यादवले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको बताए । उनले प्रधानमन्त्रीले राजनीतिक संस्कार नदेखाएको आरोप लगाए । तर, पत्रकार सम्मेलनमा अध्यक्ष यादवले अर्को प्रतिस्पर्धी दल राजपा सरकारमा जान सक्छ भन्ने भय भने देखाए ।

राजपाले सरकारमा सहभागी भएर आत्महत्या गर्ला भन्ने आफूलाई नलागेको बताए । ‘राजपाले वर्तमान सरकारमा सहभागी भएर आत्महत्या गर्ला भन्ने विश्वास मलाई छैन,’ यादवले भने । समाजवादी बाहिरिएपछि ओली सरकारको दुई तिहाईको दम्भ समाप्त भएको पनि यादवले बताए । ‘सरकारमा कम्युनिस्ट मात्रै होइन, अन्य पार्टी पनि छन्, हामीसँग दुई तिहाई छ भन्ने दम्भ थियो, त्यो अब तोडिएको छ,’ यादवले भने । यद्यपि उनले राजपाकै आग्रहमा सरकार छाडेको दाबी भने गर्न छाडेनन् । समाजवादी पार्टी र राजपाबीच पार्टी एकीकरणका लागि पहिल्यैदेखि छलफल चल्दै आएको थियो ।

पार्टी एकीकरणका लागि राजपाले राखेको एक प्रमुख सर्त थियो – समाजवादीले सरकार छाड्नुपर्ने तर, समाजवादीले आफूले भनेजस्तो मन्त्रालय पाउँदासम्म राजपाको सो सर्त सुन्नै मानेन । पार्टी एकीकरण प्रक्रियालाई टुंगोमा पुग्न रोक्ने त्यो सर्तलाई देखाउँदै पत्रकार सम्मेलनमा यादवले भने, ‘सरकार छाड्नुपर्छ भन्ने राजपाको माग थियो, यो माग पनि पूरा भएको छ । अब पार्टी एकीकरण गर्न सजिलो हुन्छ ।’

केही प्राविधिक (पद बाँडफाँड) बाहेक अन्य सबै कुरा मिलिसकेको अवस्थामा समाजवादीले सरकार छाड्दा पार्टी एकीकरणको वातावरण बनेको उपेन्द्रले बताए । तर, राजपाले भने यादवको सो भनाइको खण्डन गरेको छ । राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले आफ्ना माग पूरा भए सरकारमा सहभागी हुने स्पष्ट पारे । उनले सत्तारुढ दलसँग छलफल चलिरहेको स्पष्ट पार्दै माग पूरा भए सरकारमा सहभागी हुने बताए ।

‘हामीले जति वेला भनेका थियौँ, त्यतिवेला सरकार छाडेको भए पार्टी एकता लागि त्याग गरेको सन्देश जान्थ्यो । मुद्दाका लागि सरकार छोडेको भनेर क्रान्तिकारीपन पनि देखिन्थ्यो । अहिले सरकार छाडेपछि त सञ्चारमाध्यम केके कुरा आइरहेका छन्’, महतोले भने । यद्यपि उनले मुलुकलाई एकीकरण चाहिएकोले त्यसका लागि प्रयत्नशील रहने स्पष्ट पारे । सौर्य दैनिकबाट