२५ भाद्र २०८३, बिहीबार
,
Latest
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’ सुदूरपश्चिमका ७९ पालिकाले बनाएका छैनन् : मानवअधिकार समन्वय समिति आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

वनमा मृत बाघ फेला



अ+ अ-

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको सामुदायिक वनमा वयस्क पाटेबाघ मृत फेला परेको छ । निकुञ्जअन्तर्गत पर्ने पर्साको ठोरी गाँउपालिका–३ वेदघारी सामुदायिक वनमा बुधबार बाघ मृत फेला परेको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले बाघ जुधेर मरेको प्रारम्भिक रिपोर्ट प्राप्त गरिएको बताए ।

उनले निकुञ्जबाट गएको चिकित्सकसहितको टोलीले बाघ कसरामा ल्याउने जानकारी दिए । घाँस काट्न गएका स्थानीयवासीले मृत बाघ देखेपछि प्रहरीलाई खबर गरेका थिए । “मृतावस्थामा फेला परेको बाघको शरीरभरि नै घाउ छन्”, रुपाखेतीले भने, “वयस्क बाघ एकापसमा जुधेर मृत्यु भएको हो कि भन्ने प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ ।”

बस्तीदेखि झण्डै दुई किलोमिटर उत्तरतर्फको सामुदायिक वनमा बाघ मृतावस्थामा फेला परेको हो । मृत बाघको आज परीक्षण गरिने निकुञ्जले जनाएको छ ।