२५ भाद्र २०८३, बिहीबार
,
Latest
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’ सुदूरपश्चिमका ७९ पालिकाले बनाएका छैनन् : मानवअधिकार समन्वय समिति आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागढुंगा सुरुङमार्ग निर्माण कार्यले गति लिँदै



अ+ अ-

बहुचर्चित आयोजनाका रूपमा रहेको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाअन्तर्गतको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । राष्ट्रिय प्राथमिकताको यस आयोजनाको सुरुङ निर्माणबाहेकका संरचना निर्माणको कार्य अघि बढेको हो। निर्माणको जिम्मा पाएको जापानी ठेकेदार कम्पनीले अहिले सडक खन्ने, सडक चौडा पार्न, साइट क्लियर पार्ने काम, विभिन्न प्रयोजनका लागि आवश्यक पर्ने आयोजनाअन्तर्गतका भवनहरु निर्माणको काम अघि बढिरहेको आयोजनाले जनाएको छ।

अहिले ठेक्केदार कम्पनीले आफू र आफ्नो कामदार बस्ने क्याम्प खडा गरी सुरुङको दुवै मुख पर्ने काठमाडौं र धादिङपट्टि निर्माणको काम गरिरहेको आयोजनाले जनाएको छ। काठमाडौंंको तोतीपाखाआसमास र धादिङको सिस्नेखोला आसपास काम भइरहेको छ। सुरुङमार्ग निर्माणको ठेक्का पाएको जापानी कम्पनीले कात्तिक १८ गतेदेखि ४२ महिनाभित्र सम्पूर्ण काम सम्पन्न गर्ने कार्ययोजना पेस गर्दै निर्माणको काम गरिसकेको हो।