२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतले लगातार दोस्रोपटक जित्यो विश्वकपको उपाधि



अ+ अ-

काठमाडौं। भारतले न्यूजिल्याण्डलाई पराजित गर्दै आइसिसी ट्वान्टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा आइतबार साँझ भएको फाइनलमा न्यूजिल्याण्डलाई ९६ रनले हराउँदै भारतले विश्वकपको उपाधि जितेको हो ।

विश्वकपमा भारतको यो लगातार दोस्रो उपाधि हो । यसअघि सन् २०२४ मा भएको विश्वकपको उपाधि पनि भारतले जितेको थियो । सन् २००७ को विश्वकपको उपाधि पनि भारतले जितेको थियो ।

भारतले दिएको २५६ रनको विशाल लक्ष्य पछ्याएको न्यूजिल्याण्ड १९ ओभरमा सबै विकेट गुमाउँदै १५९ रनमै समेटियो । न्यूजिल्याण्डका लागि टिम सिफर्टले सर्वाधिक २६ बलमा दुई चौका र पाँच छक्काको मद्दतमा ५२ रन बनाए । त्यस्तै मिचेल स्यान्टनरले ३५ बलमा ४३ रन जोडे भने ड्यारिल मिचेलले ११ बलमा १७ रन बनाए । त्यसबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बलिङतर्फ भारतका बलरहरू उत्कृष्ट देखिए । जसप्रित बुमराहले ४ ओभरमा १५ रन दिँदै ४ विकेट लिए । त्यसैगरी अक्षर पटेलले ३ विकेट लिए भने हार्दिक पाण्ड्या, वरुण चक्रवर्ती र अभिषेक शर्माले समान १–१ विकेट लिए ।

त्यसअघि ट्स हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २५५ रनको विशाल योगफल बनाएको थियो । भारतका लागि सञ्जु सैमसनले उत्कृष्ट ब्याटिङ गर्दै ४६ बलमा ५ चौका र ८ छक्कासहित सर्वाधिक ८९ रन बनाए ।

त्यस्तै अभिषेक शर्माले २१ बलमा ५२ रन जोडे भने इशान किशनले २५ बलमा ५४ रन बनाए । हार्दिक पाण्ड्याले १३ बलमा १८ रन बनाए । कप्तान सूर्यकुमार यादव भने 0 रनमै आउट भए । अन्त्यतिर शिवम दुबेले ८ बलमा २६ रन बनाए भने तिलक वर्मा ८ रनमा अविजित रहे ।

न्यूजिल्याण्डका लागि जेम्स निशमले ३ विकेट लिए । त्यस्तै म्याट हेनरी र रचिन रविन्द्रले समान १–१ विकेट लिए ।

यो सहित विश्वकपको एक महिने अभियान पनि समाप्त भएको छ । यस खेलमा नेपालले पनि खेल्ने अवसर पाएको थियो । नेपालले लिग चरणमा तीन खेलमा पराजित भए पनि एक खेल जितेर घर फर्किएको थियो । नेपाली टिमले इङल्यान्ड जस्तो शक्तिशाली टिमलाइ पनि राम्रै चुनाैती दिएपछि विश्वजगतमै नेपाली टिमको प्रशंसा गरेको थियो ।