२१ भाद्र २०८३, आईतवार
,
Latest
गोरखाको चुमनुब्री–४ मा बाढीपीडितका लागि राहत पठाइँदै राप्रपाका महामन्त्री शरदराज पाठकद्वारा पार्टीका सबै जिम्मेवारी परित्याग ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई चार्जिङ सामग्री सहयोग बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे नुवाकोटको ताँदी नदीमा बेलीब्रिज जडान जारी भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसेज शृंखला : इङल्यान्ड फेरि पराजय नजिक



अ+ अ-

मेलबोर्नः इङल्यान्ड र अस्ट्रेलियाबीचको तेस्रो टेस्ट क्रिकेटमा इङल्यान्ड पराजय नजिक पुगेको छ । 

मेलबोर्न क्रिकेट मैदानमा भइरहेको खेलमा इङल्यान्डले दोस्रो दिनको खेल समाप्त हुँदा दोस्रो इनिङमा चार विकेट गुमाएर ३१ रन मात्र बनाएको छ । इङल्यान्ड अझै पनि ५१ रनले पछि छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको इङल्यान्डको पहिलो पारी १८५ रनमै समेटिएको थियो । पहिलो दिन ६५.१ ओभरमै इङल्यान्डको पारी समाप्त भएको थियो । इङल्यान्डका लागि कप्तान जो रुटले सर्वाधिक ५० रन बनाएका थिए । 

अस्ट्रेलियाका लागि प्याट कमिन्स र नाथन लायनले समान तीन तीन विकेट लिएका थिए भने मिचेल स्टार्कले २, स्कट बोलान्डले १ तथा क्यामरुन ग्रीनले १ विकेट लिएका थिए ।

पहिलो दिन नै पारि शुरु गरेको अस्ट्रेलियाले पनि खासै उल्लेखनीय खेल प्रदर्शन गर्न सकेको थिएन । तैपनि अस्टे«लियाले सबै विकेट गुमाएर २६७ रन बनाएर ८२ रनको अग्रता लिएको थियो । 

अस्ट्रेलियाका ओपनर मार्कस ह्यारिसले सर्वाधिक ७६ रन बनाएका थिए । इङल्यान्डका बलरहरु जेम्स एन्डरसनले ४, ओल्ली रबिनसन र मार्क उडले समान दुई दुई तथा बेन स्टोक र ज्याक लिचले समान एकएक विकेट लिएका थिए ।

दोस्रो दिन दोस्रो इनिङ थालेको इङल्यान्डका लागि सुखद शुरुवात भएन । हासिब हमिद ७, ज्याक क्रलीले ५ र डाविड मलान एवं ज्याक लिच बिना रन बनाई आउट भएका छन् । इङल्यान्डको इनिङ ध्वस्त पार्ने क्रममा मिचेल स्टार्क र स्कट बोलान्डले दुई दुई विकेट लिएका छन् ।

क्रिजमा कप्तान जो रुट (१२ रन) र बेन स्टोक्स (२) छन् । 

यसअघि एडिलेडमा भएको पहिलो टेस्ट खेलमा अस्ट्रेलिया २७५ रनले विजयी भएको थियो भने ब्रिस्बेनमा भएको दोस्रो टेस्टमा पनि अस्ट्रेलिया ९ विकेटले विजयी भएको थियो ।
एसेज शृंखलामा दुई टिमबीच पाँच वटा टेस्ट खेल हुँदैछन् ।