१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

दार्चुला निर्वाचन अपडेट : कांग्रेस ४०७ मतले अगाडि

दार्चुला निर्वाचन अपडेट : कांग्रेस ४०७ मतले अगाडि
फाइल तस्बिर ।
अ अ+ अ-

दार्चुला। दार्चुलामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा नेपाली कांग्रेसका उम्मेदवार धर्मानन्द जोशीले अग्रता कायम राख्नुभएको छ ।

हालसम्म ब्यास गाउँपालिका, दुहु गाउँपालिका र शैल्यशिखर नगरपालिकाको मतगणना सम्पन्न भइसकेको छ भने अहिले महाकाली नगरपालिका–१ को मतगणना जारी छ ।

हालसम्मको मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार जोशीले सात हजार ४९ मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले)का उम्मेदवारका उम्मेदवार गणेशसिंह ठगुन्नाले छ हजार ६४२ मत प्राप्त गर्नुभएको छ । यससँगै कांग्रेसले एमालेमाथि ४०७ मतको अग्रता बनाएको हो । सुरुदेखि नै यी दुई दलबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले दुई हजार ३५६ मत प्राप्त गरेको छ । अन्य दलतर्फ नेकपा (तारा) ले ५६४ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (हलो)ले २२५ मत पाएको छ ।

स्वतन्त्र तथा साना दलका उम्मेदवारहरूले पनि केही मत प्राप्त गरेका छन् । प्राप्त विवरणअनुसार गिलास चुनाव चिह्नका उम्मेदवारले १९ मत, हसिया आठ मत, गुलाब ४९ मत, मोबाइल १८ मत, मादल तीन मत र खुकुरी तीन मत प्राप्त गरेका छन् ।

मुख्य निर्वाचन अधिकृत भुवन गिरीका अनुसार अहिले महाकाली नगरपालिका–१ को मतगणना जारी रहेको छ । बाँकी क्षेत्रको मतगणना सम्पन्न भएपछि अन्तिम परिणाम सार्वजनिक गरिने बताइएको छ । मतगणना जारी रहेकाले अन्तिम परिणाम कसको पक्षमा जाने भन्ने विषयमा सर्वसाधारण र राजनीतिक दलहरूबीच चासो बढेको छ । रासस