१३ आश्विन २०८१, आईतवार
,
Latest
बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता माओवादी केन्द्रको एसिया संगठन समितिद्धारा बाढीपीडितलाई पाँच लाख सहयोग रवि र सहकारीमा अड्किएको सरकार विपद् व्यवस्थापनमा चुक्यो– रास्वपा बाढीपछिको काठमाडौं (फोटो फिचर) यात्रुको चाप बढेपछि विमान कम्पनीले सस्तो दरका टिकट बिक्री गर्न छाडे
तपाईं के खोज्दै हुनुहुन्छ ?

टानको अध्यक्षमा निलहरि बाँस्तोलाले उम्मेदवारी दिने



अ+ अ-

काठमाडौँ।पर्वतीय पर्यटन व्यवसायीहरुको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज एशोसियन अफ नेपाल (टान)को अध्यक्षमा युवा पर्यटन व्यवसायी निलहरी बाँस्तोलाले उम्मेद्वारी दिने हुनुभएको छ । 

टानको पूर्व उपाध्यक्षसमेत रहनुभएका बाँस्तोलाले आगामी माघ २८ गते हुन लागेको ४३ औँ साधारण सभा एवम् निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिन लाग्नुभएको हो । 

बाँस्तोलाको एशियन हेरिटेज गुप्रअन्तर्गत ट्रेकिङ, ट्राभल्स, होटल, एक्सपोर्ट, इन्पोर्ट, कार्गो, हस्तकला निर्यातलगायतका उद्योग व्यवसायमा लगानी छ । यस्तै, उहाँ एशियन हेरिटेज फाउण्डेशन नेपालमार्फत स्वास्थ्य र शिक्षा क्षेत्रमा सामाजिक कार्य गर्दै आउनुभएको छ ।  

विगत २६ वर्षदेखि नेपालको पर्वतीय पर्यटनमा पूर्ण रुपमा लाग्नुभएका बाँस्तोला सोलुखुम्बु निवासी हुनुहुन्छ । उहाँले सन् २००२ मा टानको साधारण सदस्य लिनुभएको थियो । बाँस्तोलाले पर्वतीय पर्यटनको विस्तारका लागि देश तथा विदेशमा भ्रमण गर्नुभएको छ । टानको साधारण सदस्य लिएसँगै टानको विभिन्न समितिमा बसेर काम गर्नुभएको अनुभव छ । 

एशियन हेरिटेज फाउण्डेशन नेपालमार्फत भूकम्प, नाकाबन्दी र कोरोनाको समयमा अग्र भागमा रहेर सामाजिक कार्य गर्दै आउनुभएका बाँस्तोला सन् २०१३–२०१५ मा टानको कार्यसमिति सदस्य एवम् सन् २०१७–२०१९ मा द्धितीय उपाध्यक्ष निर्वाचित हुनुभएको थियो ।