१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर News Polar पहुँचयोग्य आँखा स्वास्थ्य सेवाका लागि सहकार्य आवश्यक News Polar नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल

महोत्तरीमा मतदानमा महिला सहभागिता बढी

महोत्तरीमा मतदानमा महिला सहभागिता बढी
फाइल फोटो
अ अ+ अ-

महोत्तरी। बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लाबाट मतदान गर्ने महिलाको सङ्ख्या बढी देखिएको छ ।

महोत्तरीमा पुरुषभन्दा ३९ हजार ८९ मतदाता कम भए पनि महिलाको सहभागिता बढी देखिएको हो । पुरुषभन्दा १३ हजार ५४५ बढी महिलाले मतदान गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लामा रहेका चार लाख ३१ हजार २८२ मतदाता रहेकामध्ये महिलाको सङ्ख्या पुरुषभन्दा ३९ हजार ८९ कम छ । जिल्लामा कुल मत दुई लाख ५८ हजार १५७ मत खसेको थियो ।

मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीका अनुसार जिल्लाका चारवटै प्रतिनिधिसभा क्षेत्रमा मतदानमा महिला सहभागिता बढी देखिएको छ । क्षेत्र नं १ ३४ हजार ५१५ महिला सहभागी भएका उहाँले उल्लेख गर्नुभयो । क्षेत्र नं २ मा ३४ हजार ५७८, क्षेत्र नं ३ मा ३३ हजार ३७ र क्षेत्र नं ४ मा ३३ हजार ७२० जना महिलाले मतदान गरेका मुख्य निर्वाचन अधिकृत अधिकारीले जानकारी दिनुभयो । जिल्लामा सहभागिता १३ हजार ५४५ ले बढी रहेको उहाँले बताउनुभयो ।

जिल्लामा मतदाता नामावलीमा महिलाभन्दा पुरुषको सङ्ख्या बढी भए पनि मतदानमा महिला बढी देखिनुमा पुरुष कामका लागि विदेश जानु मुख्य कारण रहेको सामाजिक अगुवा बताउँछन् ।

यसबीच बढेको राजनीतिक जागरण, महिला साक्षरता र सामाजिक एवं राजनीतिक गतिविधिमा बढ्दो महिला चासोले पनि यो अवस्था बनेको प्रयास महोत्तरी सामाजिक संस्थाका अध्यक्ष प्रवीण कर्णले बताउनुभयो । रासस