२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी News Polar दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड News Polar कांग्रेस सहमहामन्त्रीमा नानू बाँस्तोलाको उम्मेदवारी News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी News Polar चिरिबाबु महर्जनद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’ News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो News Polar खुला सहमहामन्त्रीमा अजबाबु शिवाकोटीको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा रमेशप्रसाद धमलाको उम्मेदवारी News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने

आइटिबीमा पर्यटन सम्भावनालाई विश्वसामु पुनःस्थापना गर्ने नेपालको प्रतिबद्धता

आइटिबीमा पर्यटन सम्भावनालाई विश्वसामु पुनःस्थापना गर्ने नेपालको प्रतिबद्धता
अ अ+ अ-

काठमाडौँ । नेपालले जर्मनीमा आयोजित विश्वको अग्रणी ट्राभल ट्रेड शो आइटिबी (इन्टरनेसनल टुरिजम् एक्सचेञ्ज), बर्लिनमा सहभागिता जनाएको छ ।

यही मार्च ३ तारिखदेखि सुरु भई ५ तारिखसम्म जारी रहने आइटिबी बर्लिनमा नेपालको सहभागिता व्यापारिक उपस्थिति मात्र नभई विश्व पर्यटन बजारमा नेपालको सम्भावनालाई पुनःस्थापित गर्ने रणनीतिक प्रयास भएको पर्यटन बोर्डका वरिष्ठ अधिकृत रोविन रेग्मीले बताए।

हिमालयका रोमाञ्चक ट्रेकिङ पदमार्गदेखि प्राचीन मन्दिरहरूको सम्पदा, शान्त परिवेश, विविध सांस्कृतिक तथा धार्मिक परम्परा, अनुपम प्राकृतिक सौन्दर्यलगायत अनुभवलाई अन्तरराष्ट्रिय बजारमा प्रभावकारी रूपमा प्रवर्द्धन गर्ने लक्ष्य बोर्डले अघि सारेको उनले जानकारी दिए।

बर्लिनस्थित नेपाली दूतावासका कार्यवाहक प्रमुख सागर फुयाँलले नेपाल प्याभिलियनको उद्घाटन र अवलोकन गरकाे थिए  । कार्यक्रममा बोर्डका वरिष्ठ अधिकृत रेग्मी, सिर्जना नेपाली र शिवराज पाण्डे उपस्थिति थियो ।

बोर्डका वरिष्ठ अधिकृत रेग्मीले भने, “आइटिबी बर्लिनमा नेपालको सहभागिता अन्तरराष्ट्रिय साझेदारहरूसँग सम्बन्ध विस्तार गर्ने अवसर मात्र होइन, नेपालको पर्यटन सम्भावनालाई विश्वसामु पुनःप्रस्तुत गर्ने प्रतिबद्धता पनि हो । चुनौतीका बाबजुत नेपाललाई ‘घुम्नैपर्ने गन्तव्य’का रूपमा स्थापित गर्न हामी लागिरहेका छौँ ।”

उनका अनुसार नेपाल अब केवल हिमाल आरोहण वा ट्रेकिङमा सीमित गन्तव्य नभई बहुआयामिक अनुभव प्रदान गर्ने समग्र पर्यटन गन्तव्यका रूपमा उभिएको छ । प्याराग्लाइडिङ, बन्जीजम्प, राफ्टिङ, माउन्टेन बाइकिङलगायत साहसिक खेलकुदसँगै ऐतिहासिक दरबार क्षेत्र, प्राचीन मन्दिर, बौद्ध स्तूप र जीवित सांस्कृतिक सम्पदाको अवलोकन गर्न सकिने अवसर नेपालमा उपलब्ध छन् ।

साथै योग ध्यान, आयुर्वेदिक उपचार तथा प्राकृतिक परिवेशमा सञ्चालन हुने ‘वेलनेस रिट्रिट’हरूले मानसिक तथा शारीरिक सन्तुलन खोज्ने पर्यटकलाई आकर्षित गरिरहेका रेग्मीले उल्लेख गरे। समुदायमा आधारित होमस्टे, वातावरणमैत्री रिसोर्ट तथा स्थानीय उत्पादनमा आधारित सेवाले नेपालको पर्यटनलाई दिगो र समावेशी बनाउने प्रयासलाई थप सुदृढ बनाएको उनको भनाइ छ ।

विश्व बजारमा प्रतिस्पर्धा तीव्र भइरहेका बेला नेपालले आफ्नो मौलिकता, प्राकृतिक सम्पदा र आत्मीय आतिथ्यलाई बलियो ब्रान्डका रूपमा स्थापित गर्न खोजिरहेको वरिष्ठ अधिकृत रेग्मीले बताए । एकै गन्तव्य, अनेक अनुभवको अवधारणामार्फत अन्तरराष्ट्रिय यात्रुलाई साहसिकता, आध्यात्मिक शान्ति र सांस्कृतिक गहिराइको समग्र अनुभव दिने दीर्घकालीन रणनीति बोर्डले अघि बढाएको जनाएको छ ।

आइटिबी बर्लिनमा २५ वटा नेपाली कम्पनीहरूको सहभागितामार्फत अन्तरराष्ट्रिय ट्राभल एजेन्सी, उद्योग व्यवसायी तथा सञ्चारमाध्यमसँग नयाँ साझेदारी विस्तार गर्ने र नेपालको पर्यटन क्षेत्रका लागि थप अवसर सिर्जना गर्ने बोर्डको अपेक्षा छ । नेपालले विश्वभरका यात्रुलाई आफ्नो अतुलनीय सौन्दर्य, समृद्ध संस्कृति र आत्मीय आतिथ्य अनुभवका लागि नेपाल घुम्न आउन पनि बोर्ड सबैलाई आह्वान गरेको छ ।