२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी News Polar दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड News Polar कांग्रेस सहमहामन्त्रीमा नानू बाँस्तोलाको उम्मेदवारी News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी News Polar चिरिबाबु महर्जनद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’ News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो News Polar खुला सहमहामन्त्रीमा अजबाबु शिवाकोटीको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा रमेशप्रसाद धमलाको उम्मेदवारी News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने

बागलुङकाे जैमिनीमा कृषि सङ्कलन केन्द्र निर्माण

बागलुङकाे जैमिनीमा कृषि सङ्कलन केन्द्र निर्माण
अ अ+ अ-

काठमाडाैँ । स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउने उद्देश्यले बागलुङकाे जैमिनी नगरपालिका-३ दमेकमा कृषि सङ्कलन केन्द्र निर्माण गरिएको छ । जैमिनी-३ को रु तीन लाख १२ हजार लागतमा कृषि सङ्कलन केन्द्र निर्माण गरिएको हो ।

दमेकमा उत्पादन हुने आलु, भाँगो, जडीबुटीलगायत सामग्री सङ्कलन, बजारीकरण गर्नेलगायत उद्देश्यले भवन निर्माण गरिएको वडाध्यक्ष कृष्णबहादुर भुजेलले जानकारी दिए। “हाम्रो उद्देश्य यहाँको स्थानीय उत्पादन सङ्कलन गरी बजारीकरणसँगै प्रवर्द्धन गर्ने हो । वडा नं ३ मा उत्पादिन सामग्री यहाँ सङ्कलन गरिन्छ, त्यसपछि जैमिनी नगरपालिकाको कृषि एम्बुलेन्समा राखेर बिक्री गर्न पठाइन्छ”, उनले भने, “कृषि सामग्री सङ्कलनका लागि घरघर जान नपरोस् भन्ने उद्देश्यले यो काम थालेका छौँ ।”

यसअघि कृषि सङ्कलन केन्द्र नहुँदा कृषि उत्पादनले बजार पाउन नसकेका बताउँदै उनले किसानलाई बिक्रीका लागि असहज हुँदै आएकामा अब समस्या समाधान हुने विश्वास व्यक्त गरे । उनले भने “अब यसले यहाँका हरेक कृषकलाई आम्दानीसँग जोड्न सहयोग गर्नेछ ।”

स्थानीय भैरवप्रसाद सापकोटाले यहाँ सङ्कलन केन्द्र अतिआवश्यक रहेको बताए । उनले भने, “किसानलाई आम्दानीसँगै जोड्न तथा कृषि उत्पादनको बजारीकरणसँगै प्रवर्द्धनका लागि पनि आवश्यक थियो । ठिक ठाउँ र समयमा केन्द्र निर्माण गरी सञ्चालनमा आएपछि किसान प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् ।”

कृषि पेसा गर्दै आएका उनले गाउँमा सडक, यातायातको पहुँच विस्तार भएसँगै कृषि उत्पादनमा प्रगति भइरहेको भन्दै केन्द्रले बजारीकरणमा सघाउने विश्वास व्यक्त गरे। “हामीले उत्पादन गरेका वस्तु सङ्कलन गर्ने छौँ, त्यसपछि गाडीमार्फत बजारसम्म लगिने छ”, उनले भने। उनका अनुसार यहाँ सबैभन्दा बढी आलु र भाँगो उत्पादन हुन्छ । रासस