३१ जेष्ठ २०८३, आईतवार
,
Latest
वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ
तपाईं के खोज्दै हुनुहुन्छ ?

झीनो अङ्कले घट्यो नेप्से



अ+ अ-

काठमाडौं । सोमबार साढे पाँच अङ्कले बढेको नेप्से आज भने झीनो अङ्कले घटेको छ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज १.९२ विन्दुले घटेर एक हजार १६६.०३ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक १.०१ ले घटेर २५२.३१ मा पुगेको छ । नेप्से आरोलो लाग्दा त्यसको प्रभाव कारोवार रकममा परेको छ । कूल १७७ कम्पनीको १३ लाख दुई हजार ९८६ कित्ता शेयर रु ४४ करोड २२ लाख ५६ हजार १५६ मूल्यमा खरिद–बिक्री भए ।

नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज छ उपसमूहको शेयर बढेको छ । त्यस्तै छ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ २.०४, व्यापार १३.७९, होटल ३२.१६, विकास बैंक ४.८८, जलविद्युत् ६.४५ र लघुवित्त १८.९७ विन्दुले बढेको छ ।

त्यस्तै वित्त ४.२, निर्जीवन बीमा १३.७५, उत्पादन ११.८९, अन्य २८.१९, जीवन बीमा ४.८ र सामूहिक लगानी कोष ०.०१ विन्दुले घटेको छ ।

नेप्सेका अनुसार आज नेपाल लाइफ इन्सुरेन्स कम्पनी कारोवारका आधारमा शीर्ष स्थानमा छ । सो कम्पनीको रु ६ करोड १७ लाख ८५ हजार ७१० बराबरको कारोवार भयो । शिवम् सिमेन्ट रु दुई करोड ७८ लाख १५ हजार ८३२, हिमालयन डिस्टिलरी रु दुई करोड ५४ लाख आठ हजार ९९२, एशियन लाइफ इन्सुरेन्स रु एक करोड ६६ लाख २३ हजार ६१२ र नागरिक लगानी कोष रु एक करोड ६२ लाख ११ हजार ४६३ मूल्यमा खरिदबिक्री भई शीर्ष स्थानमा रहे ।

आज सबैभन्दा बढी कमाउनेमा विशाल बजार कम्पनीका शेयरधनी छन् । सो कम्पनीका लगानीकर्ताले ७.८० प्रतिशतले कमाउँदा सिभिल लघुवित्त वित्तीय संस्था ७.७६, कर्पोरेट डेभलपमेन्ट बैंक ६.३१, मिथिला लघुवित्त वित्तीय संस्था ३.६३, इन्फिनिटी लघुवित्त वित्तीय संस्था ३.१८ र तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले ३.०४ प्रतिशतले कमाए ।

नेपाल दूरसञ्चार कम्पनी ५.८९, यूनियन हाइड्रोपावर ५.१७, मञ्जुश्री फाइनान्स ४.७०, आइसिएफसि फाइनान्स ४.१८, प्रोगेसिभ फाइनान्स ४.०४, स्वदेशी लघुवित्त वित्तीय संस्था ३.५२ र सांग्रिला डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.४९ प्रतिशतले गुमाए ।