१३ आश्विन २०८१, आईतवार
,
Latest
बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता माओवादी केन्द्रको एसिया संगठन समितिद्धारा बाढीपीडितलाई पाँच लाख सहयोग रवि र सहकारीमा अड्किएको सरकार विपद् व्यवस्थापनमा चुक्यो– रास्वपा बाढीपछिको काठमाडौं (फोटो फिचर) यात्रुको चाप बढेपछि विमान कम्पनीले सस्तो दरका टिकट बिक्री गर्न छाडे
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेन्ट्रल जोन भलिबलको फाइनलमा नेपाल



अ+ अ-

 

बङ्गलादेशमा जारी एभिसी एशियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको खेलमा नेपालले कीर्गिस्तानलाई पराजित गर्दै फाइनलमा पुगेको छ ।

ढाका मिरपुरस्थित शाहिद सुरवार्दी इन्डोर स्टेडियममा आज भएको खेलमा साविक विजेता नेपालले कीर्गिस्तानलाई ३–० को सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो ।

नेपालले पहिलो सेट २५–८ ले सहजै आफ्नो पक्षमा पा¥यो भने दोस्रो सेट २५–१४ तथा तेस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पार्दै जीत हासिल गर्न सफल भयो ।

अपराजित रहेको नेपालले लिग चरणमा श्रीलङ्कालाई ३–२ को सेटमा पराजित गरेको थियो भने माल्दिभ्स, बङ्गलादेश र उज्वेकिस्तानलाई समान ३–० को सोझो सेटमा हराएको थियो ।

अब नेपालले उपाधिका लागि भोलि उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

लिग चरणमै नेपालले उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

आजै भएको अर्को खेलमा उज्वेकिस्तानले श्रीलङ्कालाई ३–२ को सेटमा पराजित गदै फाइनलमा प्रवेश गरेको हो ।