४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

यस्ता छन् वैकल्पिक शक्ति दाबी गर्दै चुनावमा होमिएका जनमोर्चा, आजपा र प्रलोपाका ‘एजेन्डा’

यस्ता छन् वैकल्पिक शक्ति दाबी गर्दै चुनावमा होमिएका जनमोर्चा, आजपा र प्रलोपाका ‘एजेन्डा’
अ+ अ-
काठमाडौँ । नेपालको कम्युनिष्ट आन्दोलनमा महत्त्वपूर्ण योगदान दिएका पाका र अनुभवी राजीतिज्ञ सम्मिलित दलले यस निर्वाचनमा आफूलाई वैकल्पिक शक्तिका रुपमा प्रस्तुत गरेका छन् ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टीले मुलुकका विद्यमान समस्या समाधान तथा आर्थिक समृद्धिको नारासहित मतदातालाई आफ्नो पक्षमा ल्याउन आकर्षक कार्यक्रम अघि सारेका छन् ।
राष्ट्रिय जननमोर्चाका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ चित्रबहादुर केसी रुपन्देही र नवलपरासीलगायत जिल्लामा मत माग्दै हिँड्नुभएको छ । “मैले भोगेको राजनीतिक जीवनमा मुलुक अहिले इतिहासकै ठूलो सङ्कटमा रहेको महसुस गरेको छु”, रासससँगको कुराकानीमा उनले भने ।
खर्चिलो सङ्घीय प्रणालीका कारण मुलुकको आर्थिक अवस्था कमजोर बनेकाले त्यसमा सुधारको खाँचो रहेको सो पार्टीको घोषणापत्रमा उल्लेख छ । स्वतन्त्र अर्थनीति र विनासर्त वैदेशक सहायता लिन सकिने जनमोर्चाको दृष्टिकोण छ । राष्ट्रिय जनमोर्चा गिलास चुनाव चिह्न लिएर प्रतिस्पर्धामा छ ।
सो पार्टीबाट ४२ जिल्लामा ७० जना प्रत्यक्ष उम्मेदवार र १०७ जना समानुपातिक बन्दसूचीमा छन् । यसअघिको निर्वाचनमा बागलुङबाट प्रत्यक्ष निर्वाचित हुनुभएका केसी यसपटक भने समानुपातिक बन्दसूचीमा पहिलो नम्बरमा छन्।
सो पार्टीले बागलुङ निर्वाचन क्षेत्र नं १ मा बाहेक अन्य क्षेत्रमा चुनावी गठबन्धन गरेको छैन । नेता तथा कार्यकर्ता उत्साहका साथ जनताका बीचमा मत माग्न पुगिरहेका अध्यक्ष केसीले जानकारी दिए।
पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टीले राष्ट्रिय स्वाधीनता, स्थिरता र प्रणालीगत सुधारमा जोड दिँदै निर्वाचनमा होमिएको जनाएको छ । अध्यक्ष साहका अनुसार सो पार्टीले प्रत्यक्षतर्फ एक सयभन्दा बढी उम्मेदवारी दर्ता र समानुपातितर्फ ११० जनाको बन्दसूची पेस गरेको छ ।
निर्वाचन प्रचारप्रसार उत्साहजनक ढङ्गबाट अघि बढिहरेको जानकारी दिँदै अध्यक्ष साहले देशको अवस्था बदल्न आफूहरु लडिरहेको स्पष्ट पारे। “जे बोल्छौँ त्यही गर्छौ, अहिलेसम्म गरेर देखाएका छौँ । अहिले प्रणालीको सुधार गर्नुपर्ने आवश्यकता छ, राष्ट्रियतालाई पहिलो एजेन्डा बनाएरका छौँ”, उनले भने, “वैदेशिक हस्तक्षेप अन्त्य, स्थिर सरकार, सुशासन कायम, अनावश्यक करको भार र भ्रष्टाचार हटाउने, अर्थतन्त्र बलियो बनाउने योजना अघि सारिएको छ ।”
प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष दुर्गा सोबका अनुसार सो पार्टीले प्रत्यक्षतर्फ ८७ जनालाई चुनावी प्रतिस्पर्धामा अगाडि सारेका छ । उक्त पार्टीले ९७ जना समानुपातिक बन्दसूची बुझाएको छ । प्रगतिशील लोकतान्त्रिक पार्टीले कार्यान्वयन योजनासहित घोषणापत्र ल्याएको दाबी गरेको छ ।
राजनीतिक स्थायित्व, राष्ट्रिय स्वाधीनता, भूराजनीतिक जटिलता, समावेशिता, पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना, बाध्यात्मक वैदेशिक रोजगारी अन्त्य गर्ने, विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिनेलगायत विषय घोषणापत्रमा समेटिएको छ ।
२५ वर्षभित्र देशलाई विकसितस्तरमा लैजाने, पाँच वर्षमा दोहोरो अङ्कको आर्थिक वृद्धिलगायतको एजेन्डा रहेको छ । मुलुकको विद्यमान समस्याबाट निकास दिने नीति, नेतृत्व र कार्यक्रम प्रगतिशील पार्टीसँग मात्रै रहेको उनको भनाइ छ । “मतदाता विकल्पका खोजीमा छन्, विकल्प दिने प्रलोपा नै हो”, अध्यक्ष सोबले भने।
निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
त्यस्तै, सामानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुनेछ ।
यस पटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजचार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् । यस्तै, एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम भएको आयोगले जनाएको छ ।
निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदान स्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ । १४३ अस्थायी मतदानस्थल तय गरिएको छ । निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिइएका छन् ।
निर्वाचन दुई लाख १५ हजार कर्मचारी खटिँदैछन् । आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ कुल चार करोड २२ लाख ५१ हजार २०० मतपत्र छपाइ गरिसकेको छ । यसपटकको निर्वाचनमा चार अन्तरराष्ट्रिय र ३९ राष्ट्रिय संस्था निर्वाचन पर्यवेक्षणमा खटिएका छन् ।