२४ श्रावण २०८३, आईतवार
,
Latest
अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य र शिक्षामा पहुँच बढाउँदै तेह्रथुम ट्राफिक प्रहरीलाई गजुरेलको निर्देशनः ‘बोलीमा शुद्धता, व्यवहारमा नम्रता र आर्थिक अनुशासन कायम गरौँ’ संस्थापन इतर समूहसहित बाडेगाउँ पुगे खड्का, गरे कांग्रेस एकताको संकल्प फूलमा रस चुस्दै सिपराज बुङ्गेचरा आदिवासी अधिकारको पूर्ण कार्यान्वयनका लागि प्रतिबद्ध छौँ : कांग्रेस सभापति थापा पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै ‘कर नीतिमा स्थिरता र पूर्वाधार सुधार अटोमोबाइल क्षेत्रको मुख्य आवश्यकता हो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

रूपाली होलीलाई निरन्तरता दिँदै रूपालवासी



अ+ अ-

काठमाडाैँ । डडेल्धुराको रूपालबाट बसाइँ सरी कञ्चनपुरको विभिन्न स्थानमा छरिएर रहेका रूपाली समुदायका नागरिकले पम्परागत रूपाली होलीलाई धुमधामका साथ मनाइरहेका छन् । फागु पूर्णिमाको तीन दिनअघि देखि सुरु भएको रूपाली होली कञ्चनपुरको भीमदत्त नगरपालिका, बेदकोट नगरपालिकाका साथै अन्यत्र पनि सुरु भइसकेको छ ।

दशकौँदेखि सुदूरपश्चिममा समुदाय विशेषले मनाउने रूपाली होलीको रौनक बढेको भीमदत्त नगरपालिका–१८ का स्थानीय लोकबहादुर ठकुराठीले जानकारी दिए। सो बसोबास गर्ने नागरिकलाई ‘रूपालवासी’ भनेर स्थानीय भाषामा चिनिन्छ । रूपाली समुदायले तराईझरेयता नियमित रूपमा पम्परागत होलीलाई निरन्तरता दिँदै आएका छन् । “रूपालीहरू बीचको एकता र रङ्गीन पर्वसँग जोडिएको होलीका आफ्नै पम्परागत मान्यता छन्”, ठकुराठीले भने, “हाम्रो नयाँ पुस्ताले पनि यसलाई आत्मसात् गर्दै अघि बढेको छ ।” निर्वाचनको बेला भएर पनि रूपाली होलीको रौनक घटेको छ । वसन्त ऋतु र नयाँ वर्षको पूर्वसन्ध्यामा रङ्गीन पर्व होलीको उल्लास बढिरहेका बेला रूपाली होलीको ४८ पुस्ताभन्दा बढी लामो इतिहास सुदूरपश्चिममा रहेको छ ।

“सुदूरपश्चिममा मात्रै समुदायपिच्छे होली खेल्ने र मनाउने धेरै तौरतरिकाहरू छन्”, उनले भने “रूपाली होलीको आफ्नो छुट्टै विशिष्ट पहिचान र संस्कृति छ ।” रूपाली होली समिति निम्बुखेडाका अध्यक्ष वासुदेव भट्टले परम्परागत शैलीमा खेलिने होली रूपाली समुदायका हरेक उमेर समूहका मानसिक गोलबद्ध भएर देउडा शैलीमा खेल्ने गरेको बताए।

“मुलुक निर्वाचनमय भए पनि रूपाली समुदाय पनि होलीमय छ,” उनले भने, “हरेक उमेर समूहका युवायुवती, महिला पुरुष तथा बालबालिका होली धुमाधामका साथ मनाउँदैछन् ।” रूपाली होली धार्मिक मान्यतालाई कायम राख्दै आफ्नै पहाडिया शैलीमा परम्परागत भाकामा देउडा गाएर होली मनाइन्छ । रूपाल होली समितिले वर्ष एकादशमीका दिनदेखि प्रसिद्ध बैजनाथ मन्दिरबाट सुरु गरिने होली पूर्णिमाका दिन सोही मन्दिरमा गएर समापन गर्ने चलन छ । “निम्बुखेडाको शिव गौरा मन्दिर र गोवरियामा बैजनाथ मन्दिरबाट एकसाथ होली सुरु भएको छ”, भट्टले भने, “जागिर र अन्य सिलसिलामा विभिन्न ठाउँमा छरिएर रहेका रूपाली होली पर्वमा झमघट हुने हुनाले होली पर्वलार्ई एउटा भेटघाटको पर्व पनि लिन्छौँ ।”

होली खेलेर प्राप्त रकम विभिन्न विकास निर्माण तथा धार्मिक निर्माणमा खर्च गर्ने गरिएको छ । होलीका गीतको माध्यमबाट विभिन्न धार्मिक भजन गाएर पनि रूपाली रमाइलो गर्ने गर्ने प्रचलन छ । त्यसका साथै ‘फगुवा’हरूलाई हरेक रूपालीको घरमा विशेष सम्मान दिइने गरेको छ । होलीबाट सङ्कलित रकमले मन्दिर निर्माणलगायत सामाजिक कार्यमा खर्च गरिने भट्टले जानकारी दिए।

“जसको घरमा बिहे र सन्तान भएको उसले फगुवालाई होलीका मौकामा विशेष भोजन गराउने चलन छ”, उनले भने, “यो एउटा परम्पराको निरन्तरता पनि हो ।” डडेल्धुराको रूपालबाट विसं २०१७ देखि तराईमा बसाइँसराई गर्ने क्रम सुरु रूपाली अगुवाको भनाइ छ । हरेक वर्ष फागुपूर्णिमामा मनाइने होलीले आध्यात्मिक, सांस्कृतिक, सामाजिक र मनोवैज्ञानिक महत्तव बोकेको छ । “पुस्तौँदेखिको होलीमा अहिलेका युवा पिँढीको उपस्थिति पनि उल्लेख छ”, उहाँले भन्नुभयो, “होलीलाई निरन्तरता र संरक्षणका लागि रूपाली समाज क्रियाशील छ ।