२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित राजदूत सुनारको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ News Polar दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम News Polar अब नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने News Polar बिमस्टेक बैठकमा नेपालको प्रस्ताव : क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठन गर्नुपर्ने News Polar बिमस्टेक बैठकमा सहभागी भएर गृहमन्त्री गुरुङ आज स्वदेश फर्किँदै News Polar चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु News Polar १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियो, अनुमोदनको निर्णय हुन बाकी News Polar प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता News Polar देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते News Polar जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी

पुँजीगत बजेट ४ खर्ब बढी छुट्याइएकोमा १ खर्ब पनि खर्च भएन

पुँजीगत बजेट ४ खर्ब बढी छुट्याइएकोमा १ खर्ब पनि खर्च भएन
अ अ+ अ-

काठमाडौ। सरकारले जेठ १५ गते प्रस्तुत गरेको बजेटमार्फत चालु आर्थिक वर्षका लागि विकासतर्फ ४ खर्ब ७ अर्ब रुपैयाँ विनियोजन गरेको थियो । तर आठ महिना बितिसक्दा पनि १ खर्ब रुपैयाँसमेत खर्च हुन नसक्नुले विकास निर्माणको गति कमजोर रहेको सङ्केत गरेको छ ।

पुँजीगत खर्च न्यून हुनुका पछाडि निर्माण कार्यको सुस्तता मुख्य कारण रहेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए । उनका अनुसार काम गर्ने मुख्य समयमा ठेक्का तोडिनु, भुक्तानीमा ढिलाइ हुनु तथा नीतिगत अस्थिरताले निर्माण क्षेत्र प्रभावित भएको छ ।

अध्यक्ष सिंहले श्रमिक अभाव पनि गम्भीर समस्या बन्दै गएको बताउनुभयो । “विकास बजेट खर्च नहुनुको एउटा प्रमुख कारण श्रमिक अभाव हो । अहिले काम गर्ने माहोल पनि छैन । जेन–जी आन्दोलनपछि देखिएको अस्थिरताले पनि निर्माण कार्य प्रभावित भएको छ,” उनले भने “अर्थ मन्त्रालयले विकास बजेट खुम्च्याउने प्रयास गरिरहेको जस्तो देखिन्छ । विनियोजित बजेटलाई कसरी संकुचन गर्ने भन्नेमा ध्यान केन्द्रित हुँदा खर्चको गति सुस्त भएको छ । बजेट अभावकै कारण काम हुन सकेको छैन र काम नहुँदा युवाहरु विदेशिन बाध्य भएका छन् ।”

उनले निर्माण क्षेत्र चलायमान भएमा अन्य धेरै क्षेत्र स्वतः सक्रिय हुने बताउँदै सरकारले विकास बजेट कार्यान्वयनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। अर्थतन्त्र चलायमान नहुँदा निर्माणसँगै उद्योग, व्यापार र रोजगारीका अवसरमा समेत असर परेको उनको भनाइ छ ।

आठ महिनासम्म पनि पुँजीगत खर्च अपेक्षित रुपमा अघि बढ्न नसक्दा सरकारको विकास लक्ष्यमा प्रश्न उठ्न थालेको छ । विज्ञहरुका अनुसार समयमै बजेट खर्च हुन नसके आर्थिक वृद्धिदर, रोजगारी सिर्जना र समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने सम्भावना रहन्छ ।रासस