१३ आश्विन २०८१, आईतवार
,
Latest
बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता माओवादी केन्द्रको एसिया संगठन समितिद्धारा बाढीपीडितलाई पाँच लाख सहयोग रवि र सहकारीमा अड्किएको सरकार विपद् व्यवस्थापनमा चुक्यो– रास्वपा बाढीपछिको काठमाडौं (फोटो फिचर) यात्रुको चाप बढेपछि विमान कम्पनीले सस्तो दरका टिकट बिक्री गर्न छाडे
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीमा पनि पदाधिकारीको सकस, को-को बन्दै छन् पदाधिकारी ?



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सम्मेलनबाट महाधिवेशनमा रुपान्तरण भएको नेकपा (माओवादी केन्द्र)को मूल कमाण्ड र सहायक कमाण्ड कसले सम्हाल्दै छन् भन्ने यतिबेला चासो सर्वत्र छ ।  

पार्टीको लाइन प्रचण्डपथ त्यागेको घोषणा गरेको माओवादीको पार्टी अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डले नै निरन्तरता पाउने पक्का भएपनि अन्य पदहरुका लागि नेताहरुले आआफ्नो तर्फबाट लबिङ तिब्र बनाएका छन् ।

बहुपदीय प्रणालीमा जाने भएपछि धेरै नेताहरुको व्यवस्थापन हुने भएपनि प्रमुख पदका लागि नेताहरुले आफ्नो तर्फबाट अध्यक्ष प्रचण्डलाई कुरा पुर्याइरहेका छन् । यस अगाडि सचिवालयमा रहेका एक सदस्यले न्यूजपोलारसँग भन्नुभयो,  एक वरिष्ठ सहित ७ उपाध्यक्ष हुने भएपछि धेरै आकाँक्षीहरु त्यतै व्यवस्थापन हुने अवस्था छ ।  

उहाँले भन्नुभयो, सम्भवत वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा, देव गुरुङ, वर्षमान पुन, हरिबोल गजुरेल, लिलामणी पोखरेल, मातृका यादव, पम्फा भुसाल, गिरिराजमणि पोखरेलहरु मध्येबाट नै अध्यक्षले जिम्मेवारी दिनु हुनेछ ।  

यसैगरी महासचिवमा जनार्दन शर्माको सम्भावना प्रबल रहेको पनि उहाँले बताउनुभयो । चीनमा उपचार गराइरहनु भएका नेता वर्षमान पुनलाई सम्मानका खातिर उपाध्यक्षको पद दिएर शर्मालाई महासचिव बनाउने प्रचण्डको तयारी रहेको उहाँले जानकारी दिनुभयो ।

उपाध्यक्षमा व्यवस्थापन गर्न नसकिएका केही नेताहरु मध्ये एकले कोषाध्यक्षको र अन्यले उपमहासचिवको भूमिका पाउने छन् ।  

समावेशितालाई पनि ध्यान दिनुपर्ने कारण गणेश साह, परशुराम तमाङलाई पनि पदाधिकारीमा समेट्नु पर्ने दबाब अध्यक्ष प्रचण्डमाथि छ ।  

सचिवमा देबेन्द्र पौडेल, शक्ति बस्नेत, हितमान शाक्य  लगायतका नेताहरुको बारेमा छलफल भएको छ ।