७ असार २०८३, आईतवार
,
Latest
सुकुम्बासी चिउरा खान नपाएर मरिरहेका छन्, हामीलाई बेइजिङको जस्तो हाइवे बनाउनुपरेको छ–डा. लिली थापासुकुम्बासी चिउरा… साइबर बुलिङले घटनाको निष्पक्ष छानविन गर्न डराउनुपर्ने अवस्था छः डा. लिली थापा प्रधानमन्त्री बालेन शाहको टोली लटौली स्याङ्चुअरी रिसोर्टमा बस्ने बानेश्वरकाे निजामती अस्पतालमा ६ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प रास्वपाको प्रथम महाधिवेशन: निर्वाचन तालिका सार्वजनिक, मतदान असार ९ गते हुने फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव रास्वपाको प्रथम महाधिवेशनले सौराहा–भरतपुरका होटल भरिभराउ रास्वपा महाधिवेशनमा सहभागी हुन चितवन पुगे सभापति थापा कैलालीमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम किसानलाई प्रविधिसँगै जोड्दै रास्वपा महाधिवेशनको माहौल- फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुर क्षेत्र नं. २ का एमाले नेताकार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश



अ+ अ-

काठमाडौं । भक्तपुर क्षेत्र नं. २ अन्तर्गत विभिन्न स्थानीय तहका नेकपा एमालेसँग आबद्ध नेता तथा कार्यकर्ताहरु नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्।

सूर्यविनायक नगरपालिका वडा नं. ८ का श्याम मचामसी, राम बाला र राजू लवजू, भक्तपुर नगरपालिका वडा नं. ७ का रघुनाथ सुवाल तथा चाँगुनारायण नगरपालिका वडा नं. ८ का कृष्ण राम कवा लगायतका नेता–कार्यकर्ताहरुले नेकपा एमाले परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।

उनीहरुलाई नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरे।पार्टीमा स्वागत गर्दै संयोजक प्रचण्डले वर्तमान राजनीतिक परिस्थितिमा बामपन्थी तथा क्रान्तिकारी शक्तिहरुको एकता अपरिहार्य भएको बताउँनुभएको छ।योे पार्टी प्रवेशले भक्तपुर २ मा राम्रो नतिजा आउँने विश्वास व्यक्त गरे।

नवप्रवेशी नेता तथा कार्यकर्ताहरुले पार्टीको सिद्धान्त, नीति तथा नेतृत्वप्रति विश्वास व्यक्त गर्दै आगामी दिनमा संगठन सुदृढीकरण र जनसरोकारका मुद्दामा सक्रिय रहने प्रतिबद्धता जनाए ।