१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन

नेसनल प्याब्सन सिन्धुली र बागमती प्रदेश समितिको पदस्थापन तथा शुभकामना कार्यक्रम सम्पन्न

नेसनल प्याब्सन सिन्धुली र बागमती प्रदेश समितिको पदस्थापन तथा शुभकामना कार्यक्रम सम्पन्न
अ अ+ अ-

काठमाडाैँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (नेसनल प्याब्सन) सिन्धुली जिल्ला समिति र बागमती प्रदेश समितिको पदस्थापन तथा शुभकामना कार्यक्रम फागुन १६ गते (शनिबार) सिन्धुलीमाडीस्थित प्रयास होटल एण्ड रिसोर्टको सभा हलमा सम्पन्न भएको छ।

जिल्ला समितिका अध्यक्ष सोनाम बज्यू, सचिव निराजन श्रेष्ठ र कोषाध्यक्ष हेम विक्रम थापालाई बागमती प्रदेश समितिमा पदस्थापन गरेपछि सिन्धुली जिल्लामा रिक्त रहेका पदहरूमा नयाँ नेतृत्व चयन गरी १३ सदस्यीय जिल्ला समिति गठन तथा पदस्थापन गरिएको हो।

नवनिर्वाचित जिल्ला समितिको अध्यक्षमा प्रह्लाद हमाल चयन भएका छन्। उपाध्यक्षमा पदमबहादुर खड्का, सचिवमा ज्ञानेन्द्र भट्टराई र कोषाध्यक्षमा चन्द्रबहादुर श्रेष्ठ रहेका छन् । सदस्यहरूमा उदय पाण्डे, वेनुपराज उप्रेती, दिनेश बुढाथोकी, शिवकुमारी खत्री, पूर्णप्रसाद भण्डारी, मणी काफ्ले, दिपा कुमारी कार्की, अमर कटुवाल र गंगा मगर ठकुरी रहेका छन् ।

त्यसैगरी, बागमती प्रदेश समितिमा पनि रिक्त रहेका पदहरूमा योग्य र क्षमतावान व्यक्तिहरू चयन गरी पदस्थापन गरिएको छ। प्रदेश समितिको उपाध्यक्षमा सोनाम बज्यू, मुनी सिलवाल र सन्तु खड्का चयन भएका छन्। सचिवमा प्रशान्त दाहाल, सहसचिवमा निराजन श्रेष्ठ, कोषाध्यक्षमा साधुराम गैडा र सहकोषाध्यक्षमा हेम विक्रम थापा (अर्जुन) रहेका छन् । सदस्यमा निरु प्रजापती चयन भएकी छन् ।

कार्यक्रम नेसनल प्याब्सनका निवर्तमान राष्ट्रिय अध्यक्ष तथा संगठन विभाग प्रमुख पाण्डव हमाल ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि हमालले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै संगठनलाई अझ सशक्त, चुस्त र चलायमान बनाउने दिशामा जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरे। उनले सदस्य विद्यालयहरूको हकहित संरक्षणका साथै बालबालिकालाई उच्च प्राथमिकतामा राख्दै समग्र शिक्षा क्षेत्रको समृद्धिका लागि क्रियाशील हुन निर्देशन दिए ।

बागमती प्रदेश अध्यक्ष नारायण कुमार कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य रबिन पौडेल, युवराज शाही, डा. नवराथ बानियाँ, काठमाडौँ जिल्ला अध्यक्ष होम बहादुर अधिकारी, भक्तपुर जिल्ला अध्यक्ष पुन्याराम कन्वा, सचिव रत्न राई, बु.न.पा. नगर समिति अध्यक्ष सुदिप काफ्ले लगायत सिन्धुली जिल्लाका बहुसङ्ख्यक सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन तत्कालीन सचिव निराजन श्रेष्ठले गरेका थिए ।