१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन

नयाँपुस्ताका मतदाता भन्दछन् : ‘जनताको समस्या बुझ्ने नेतृत्व आवश्यक’

नयाँपुस्ताका मतदाता भन्दछन् : ‘जनताको समस्या बुझ्ने नेतृत्व आवश्यक’
अ अ+ अ-

नवलपरासी। आगामी फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा युवा मतदातामा उत्साह र जिज्ञासा एकैसाथ देखिएको छ । नयाँ पुस्ता यसपटक आफ्नो मताधिकार प्रयोग गर्दै लोकतान्त्रिक प्रक्रियामा प्रत्यक्ष सहभागी हुने तयारीमा जुटेका हुन् ।

यसअघि निर्वाचनलाई परिवारका अग्रजले गर्ने कार्यका रूपमा हेर्दै आएका यी युवाहरू अहिले भने स्वयं निर्णयकर्ता बन्ने चरणमा पुगेका छन् । सामाजिक सञ्जाल, बहस, छलफल र विद्यालय–क्याम्पसस्तरीय संवादमार्फत उनीहरू निर्वाचन, संविधान, शासन प्रणाली र नागरिक दायित्वबारे बुझ्न खोजिरहेका छन् ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)का नयाँ मतदाताहरूले आफ्नो पहिलो मत ‘व्यक्तिगत स्वार्थ’भन्दा पनि ‘भविष्य निर्माण’का आधारमा प्रयोग गर्ने बताएका छन् । उनीहरूका प्राथमिकतामा गुणस्तरीय शिक्षा, रोजगारी सृजना, पारदर्शी शासन व्यवस्था र जनताको समस्या बुझ्ने नेतृत्व छन् ।

विनयी त्रिवेणी गाउँपालिका–१ बगुवनका पवन ढेगामगर पहिलोपटक मतदान गर्न पाउँदा उत्साहित भएको बताउनुभयो । दुर्गम गाउँमा पर्ने बगुवन गाउँको समस्या समाधानका लागि ठोस पहल गर्ने उम्मेदवारलाई चयन गर्ने सोचमा रहेको उहाँले बताउनुभयो ।

“अहिलेसम्म मतदान गरिएको थिएन, त्यसैले पहिलाको निर्वाचनमा खास चासो पनि राखिँदैन थियो”, उहाँले भन्नुभयो, “यसपालि आफैँले मतदान गर्न पाउने भएकाले धेरै कुराहरूमा चासो हुने र विषयहरू बुझ्न मन लाग्ने भएको छ ।”

जिल्लामा विभिन्न नागरिक संस्थाहरूले पनि पहिलो मतदातालाई लक्ष्य गरी मतदाता शिक्षा, सचेतना कार्यक्रम र संवाद आयोजना गरिरहेका छन् । यस्ता कार्यक्रमले युवामा मतदानप्रति आत्मविश्वास बढाएको सहभागीहरूको भनाइ छ ।

पहिलोपटक मतदान गर्न लागेकी कावासोती नगरपालिका–२ की १९ वर्षीया एञ्जल भुसालले भन्नुभयो, “हामी अब दर्शकमात्र होइनौँ, निर्णय प्रक्रियाका सहभागी हौँ । हाम्रो मतले हाम्रो भविष्य निर्धारण गर्छ भन्ने चेतना आएको छ ।”

बुलिङटार गाउँपालिका–३ का अर्का युवा सुमन थापाले भन्नुभयो, “हामीलाई भाषणभन्दा काम चाहिएको छ । युवालाई स्वदेशमै अवसर दिने नीति ल्याउने उम्मेदवारलाई रोज्ने सोचमा छौँ ।”

पहिलो मतदानलाई जीवनको महत्त्वपूर्ण अनुभवका रूपमा लिँदै युवाहरू मतदान दिनलाई ‘उत्सव’जस्तै मानिरहेको देखिन्छ । कतिपय युवाहरूले सामाजिक सञ्जालमा पनि जिम्मेवार मतदानको सन्देश फैलाइरहेका छन्, ‘सोचेर मत हालौँ, भविष्य बनाऔँ’ भन्ने नारासहित । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा पहिलोपटक मतदान गर्न लागेका युवाहरू फागुन २१ गतेको निर्वाचनलाई लिएर उत्साहित भएको देखिन्छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा नौ हजार २३७ नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख लालप्रसाद शर्मा भुसालले बताउनुभयो । उहाँका अनुसार जिल्ला निर्वाचन कार्यालयबाट सिधैँ नाम दर्ता गराउने मतदाता तीन हजार १५३ र राष्ट्रिय परिचयपत्र प्रयोग गरी नाम दर्ता गराउनेको सङ्ख्या छ हजार ८४ छन् । दुईवटा निर्वाचन क्षेत्र रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा कुल दुई लाख ६८ हजार ५२६ मतदाता छन् । रासस