४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर

मेलम्ची–४ स्थित थाना भञ्ज्याङ आधारभूत विद्यालयमा स्काउट ट्रुपको प्रथम दीक्षान्त समारोह सम्पन्न

मेलम्ची–४ स्थित थाना भञ्ज्याङ आधारभूत विद्यालयमा स्काउट ट्रुपको प्रथम दीक्षान्त समारोह सम्पन्न
अ+ अ-

काठमाडाैँ । नेपाल स्काउट अन्तर्गत सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–४ स्थित श्री थाना भञ्ज्याङ आधारभूत विद्यालयमा ‘थाना भञ्ज्याङ स्काउट ट्रुप’को प्रथम दीक्षान्त समारोह सम्पन्न भएको छ।

समारोह विद्यालयका प्रधानाध्यापक आदर्श तमाङको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा मेलम्ची नगरपालिका वडा नम्बर–४ का वडा अध्यक्ष सन्जिब तामाङ प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए। त्यस्तै, नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक बिदुर गिरी विशिष्ट अतिथिका रूपमा तथा मेलम्ची नगर स्काउटका प्रमुख आयुक्त सुनिल कुमार भण्डारी विशेष अतिथिका रूपमा सहभागी भएका थिए ।

कार्यक्रममा वक्ताहरूले स्काउटिङ शिक्षाले विद्यार्थीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि, सामाजिक उत्तरदायित्व तथा राष्ट्रप्रतिको कर्तव्यबोध जागृत गराउन महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे। विद्यालय तहबाटै स्काउट गतिविधिमा सहभागी हुँदा विद्यार्थीहरू अनुशासित, जिम्मेवार र सेवाभावी नागरिक बन्ने विश्वास पनि व्यक्त गरिएको थियो।

समारोहको सञ्चालन विद्यालयका शिक्षक शंकर प्रसाद अधिकारीले गरेका थिए। स्काउट मास्टरको अभावका कारण आफू स्काउट नभए पनि नगर स्काउटबाट उपलब्ध गराइएको पाठ्यक्रमअनुसार विद्यार्थीहरूलाई प्रशिक्षण दिई दक्ष बनाइएको उनले जानकारी दिए।

कार्यक्रमका क्रममा मेलम्ची नगर स्काउटका प्रमुख आयुक्त सुनिल कुमार भण्डारीले सात जना दल समिति सदस्यहरूलाई दीक्षा प्रदान गर्नुभएको थियो। साथै, स्काउटर जीवन ढकाल र मालती गिरीले ३२ जना विद्यार्थीहरूलाई औपचारिक रूपमा स्काउट दीक्षा प्रदान गरेका थिए ।

विशिष्ट अतिथि बिदुर गिरीले दीक्षित दल समिति सदस्य तथा विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै स्काउटका आधारभूत सिद्धान्तलाई आत्मसात् गरी अनुशासित रूपमा सेवामा समर्पित हुन आग्रह गरे । उनले स्काउट शिक्षा केवल पोशाक र शपथमा सीमित नभई व्यवहारमा उतार्नुपर्ने जीवनोपयोगी शिक्षा भएको उल्लेख गरे। साथै, मेलम्ची क्षेत्रमा देखिएको स्काउट मास्टरको अभाव पूर्ति गर्न तत्काल आधारभूत स्काउट मास्टर तालिम सञ्चालन गर्नुपर्ने सुझाव दिए।

प्रमुख अतिथि वडा अध्यक्ष सन्जिब तामाङले स्काउट कार्यक्रमले विद्यार्थीहरूमा अनुशासन, नेतृत्व र सेवाभाव विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले स्थानीय तहबाट शिक्षा तथा अतिरिक्त क्रियाकलापलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमलाई निरन्तर सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे। साथै, विद्यार्थीहरूले स्काउटमार्फत सिकेका मूल्य र सिद्धान्तलाई व्यवहारमा उतार्दै समाज र राष्ट्रप्रति जिम्मेवार नागरिक बन्नुपर्नेमा जोड दिए।

कार्यक्रममा विद्यालय परिवार, अभिभावक, आमा समूह तथा स्थानीय समुदायको उल्लेख्य उपस्थिति रहेको थियो।

समारोहको सभापति आदर्श तमाङले विद्यालय तहबाट स्काउट कार्यक्रम सञ्चालन हुनु गौरवको विषय भएको उल्लेख गर्दै यसले विद्यार्थीहरूमा नेतृत्व, अनुशासन र सामाजिक सेवाको भावना विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । उनले आगामी दिनमा स्काउट कार्यक्रमलाई अझ प्रभावकारी रूपमा सञ्चालन गरिने प्रतिबद्धता जनाउँदै उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए ।