२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कार्कीसँग पाकिस्तानी राजदूतको शिष्टाचार भेट



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीस‌‌ग नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच. हासमीले शिष्टाचार भेट गर्नुभएको छ ।

आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटवार्तामा द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ।

राजदूत हासमीले प्रधानमन्त्री कार्कीको नेतृत्वमा नेपालमा शान्ति सुव्यवस्था पुनर्स्थापित भएको र अब निर्वाचन पनि शान्तिपूर्ण वातावरणमा सम्पन्न हुन गइरहेको भन्दै बधाइ तथा शुभकामना दिनुभयो।

प्रधानमन्त्री कार्कीले नेपालको लोकतान्त्रिक स्थायित्वका लागि पाकिस्तानबाट प्राप्त सद्भाव र सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो ।

बैठकपछि दुवै पक्षबाट नेपाल-पाकिस्तानको मित्रवत् सम्बन्ध, सहकार्य र साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउने गरी काम गर्ने विश्वास र प्रतिबद्धता व्यक्त भएको छ ।




भर्खरै