६ श्रावण २०८३, बुधबार
,
Latest
जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज विद्यार्थीसँग एमाले अध्यक्ष ओली



अ+ अ-

दमक:नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापाको दमकमा बिद्यार्थीसँग छलफल गर्नुहुने भएको छ ।

आज बिहान ११ बजे दमक स्थित होटल कोरोनेशनमा यस क्षेत्रका बिभिन्न कलेज तथा बिद्यालयका बिद्यार्थीसँग छलफल गर्ने कार्यक्रम तय भएको हो । निर्वाचन लक्षित भेटघाटको क्रममा आज पहिलो कार्यक्रम बिद्यार्थीहरुसँग छलफल गर्ने रहेको जनाइएको छ ।

झापा निर्वाचन क्षेत्र नम्बर ५ नेकपा एमाले निर्वाचन प्रचार उपसमितिका संयोजक इन्द्र भण्डारीका अनुसार बिद्यार्थीहरुका अहिलेका समस्या तथा जिज्ञासा सुन्ने छलफलमा उठेका बिषय माथि अध्यक्ष ओलीले अन्तरकृया गर्नुहुने छ । कार्यक्रममा यस क्षेत्रका लगभग ३ सयबढी बिद्यार्थी सहभागि रहने अनुमान गरिएको छ ।

दमकमा बिद्यार्थीहरुसँगको कार्यक्रम सपन्न गरे लगत्तै अध्यक्ष ओली आज दिनभरी नै झापाको गौरादह नगरपालिका अन्र्तगतका बिभिन्न स्थानमा मतदातासँग भेटघाटमा पुग्ने कार्यक्रम रहेको जनाइएको छ । घोषित कार्यक्रम अनुसार गौरादह नपा ४ को खाङ्टामा पुगेर साढे १ बजे स्थानीयसँग भेटघाटको कार्यक्रम रहेको छ । उक्त कार्यक्रम पछि सोही वडाको मियाँ टोलीमा पुगेर भेटघाट गर्नु हुने छ । भेटघाटको क्रममा स्थानीयका समस्या सुन्ने र समाधानको बिषयमा अध्यक्ष ओलीले जवाफ दिने कार्यक्रम रहेको छ ।

मियाँटोलीको भेटघाट पछि उहाँले सोही वडा अन्र्तगतको ३ बजे दुर्गाचौक मजुवा पुगेर मतदातासँग छलफल गर्नुहुने छ । यसरी नै साढे ३ बजे फकिरढिपमा भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ । समुहगत रुपमा भेटघाट गर्ने कार्यक्रममा स्थानीय बासिन्दाका समस्या, गुनासो सुन्ने समाधानका बिषयमा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । आफ्नो निर्वाचन क्षेत्रका टोलटोलमा पुगेर मसिनो गरि जनताका कुरा सुन्ने र आफ्नो धारणा राख्दै आउनुभएको छ ।