४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर

पार्टीगत एजेन्डा नभएको व्यक्ति केन्द्रीत चुनाव

पार्टीगत एजेन्डा नभएको व्यक्ति केन्द्रीत चुनाव
अ+ अ-

काठमाडौँ: यो समाचार तयार पार्दासम्मको दिन हिसाब गर्दा अब मतदानका ८ दिनमात्र बाँकी छन् । आगामी बिहीबार निर्वाचनको मतदान हुदैछ र अहिले त्यसका लागि आफ्ना पक्षमा मतमाग्न देशैभरि उम्मेदवारहरु लागिपरेका छन् । यतिखेर जनताका घरघरमा पुगेका छन् उम्मेदवारहरु ।

तर यो हप्ता निर्वाचन आयोगले राजनीतिक दलहरुलाई आफ्ना प्रचारका लागि सभा सम्मेलन गर्नका लागि दिएको समय हो । यदि आयोगको सायम तालिकाअनुसार राजनीतिक दलहरुले गरेको भए यतिखेर देशका विभिन्न भाग र क्षेत्रहरुमा आमसभा र प्रचार र्याली एवं राजनीतिक सभाहरु आयोजना भएका हुनेथिए ।

पहिलेका चुनावमा यतिबेला चुनावी सभाहरु हुने गर्दथे । देशका विभिन्न शहरमा विभिन्न राजनीतिक दलहरुले आफ्ना चुनावी सभाहरु गरिरहेका हुने थिए । उनीहरुले ती सभा मार्फत् आफ्ना कार्यक्रम, एजेन्डा र भावी कार्ययोजनाहरु प्रस्तुत गर्ने गर्दथे ।

ठूला ठूला आमसभा र जुलुश हुन्थे, कतिपय ठाउँमा झडप समेत हुन्थे । अनि कसको सभा कति ठूलो भन्ने जस्तो मापन पनि हुने गर्दथ्यो । तर अहिले भने देशमा चुनाव हो कि होइन जस्तो देखिन्छ किनभने राजनीतिक दलहरुका सभा, जुलुश, र्‍याली आदि केही छैनन् । यसो हेर्दा देशैभरि सुनसान जस्तै देखिएको छ ।

प्रचार प्रसारका लागि सभा र जुलुश गर्ने बेलामा अहिले उम्मेदबारहरु जनताका घरघरमा पुगेका छन् । घरदैलोको लागि आयोगले समय निर्धारण गरेकै थियो तर त्यो भन्दा अगावै उम्मेदबार जनताका घरघरमा पुगिसकेका थिए । अहिले पनि उनीहरु त्यतै छन्, दलका सभाहरु कतै छैनन् ।

त्यस्तै अवस्था छ चुनावी घोषणापत्रको पनि । संसदीय चुनावका बेला होस् या कुनै पनि पार्टीको महाधिवेशका बेला घोषणापत्रको धेरै ठूलो महत्व थियो । त्यस पार्टीको सबै कार्यक्रम र भावी कार्यदिशाहरु सबै घोषणापत्रमै समेटिएको हुने गर्दथ्यो ।

तर अहिले कुनै राजनीतिक दलले पनि त्यस प्रकारको सबै समेटिएको र जनतालाई आस्वस्त पार्नेखालको घोषणापत्र खासै कुनै पार्टीले पनि ल्याएको देखिएन । कसैले बाचापत्र त कसैले करारपत्र नाम गरेर ल्याए । शब्दमा नयाँपन दिने प्रयास गरेको भएपनि ती घोषणापत्रहरुप्रति कसैको पनि आकर्षण नै देखिएन ।

नत पहिले पहिले जस्तो दलका कार्यक्रम एवं घोषणा पत्र सुनेर या पढेर जनताले मत दिन पाए । उम्मेदबार त पुगेका छन् तर दलका कार्यक्रम र घोषणापत्रहरु भने जनताका घरसम्म पुग्न सकेका छैनन् ।

यसरी हेर्दा चुनाव एउटा औपचारिक कर्म जस्तो मात्र देखिएको छ । त्यो भन्दा पनि यो चुनाव राजनीतिक दलको या दलले अंगिकार गरेको नीति, कार्यक्रम एवं घोषणापत्रको भन्दा पनि व्यक्ति केन्द्रित हुन पुगेको छ ।

यसपालिको चुनावमा आफ्ना मतदाताहरुसँग उम्मेदबारले बाचा गरेका छन् । उनीहरु आफ्ना दलका भन्दा पनि आफ्ना एजेन्डा र कार्यक्रम लगेर जनताको घरदैलोमा पुगेका छन् । उनीहरुले आफ्ना मतदातासँग स्थानीय स्तरकै एजेन्डा अघि सारेका छन् र त्यहीँ बसेका छन्, मानौँ कि यो वडा अध्यक्षको निर्वाचन हो जस्तो गरेर ।

दलले के गर्ने हो र देश अहिलेको जस्तो ऐतिहासिक संवेदनशील परिस्थितिमा परेका बेला कुन राजनीतिक दलले के निकास र कार्यक्रम दिने हो भन्ने विषय यो संसदको निर्वाचनमा राष्ट्रियकरण हुन सकेको छैन । हो, अहिलेको अवस्थामा यस्ता एजेन्डा र कार्यक्रमले मान्यता र प्राथमिकता पाउनुपर्ने हो । पाउन सकेको छैन । किनभने यो चुनाव कुनै राष्ट्रिय तथा दलगत एजेन्डा बिहीन नभएर व्यक्ति केन्द्रित चुनाव हुन गएको छ ।