१५ असार २०८३, सोमबार
,
Latest
अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुव्र्यसनीको उपचार अस्पताल भवन निर्माण अलपत्र पासपोर्ट भ्रष्टाचार प्रकरण : विशेष अदालतद्वारा ५ आरोपितलाई धरौटीमा रिहा गर्ने आदेश गृहमन्त्री र गृहसचिवकै गाडीबाट कालो सिसा हटाइयो भ्रष्टाचार गरेको अभियोगमा ९ जनाविरुद्ध मुद्दा दायर विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति चीनद्वारा भेनेजुएलालाई १० करोड युआन बराबर राहत सहायता त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन पद्मश्री साहित्य पुरस्कारको विस्तारित सूची सार्वजनिक, १५ कृति छनोट कांग्रेस केन्द्रीय निर्वाचन समितिमा दुई पदाधिकारी मनोनयन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले शान्तिपूर्ण राजनीति र स्थायित्वको पक्षमा छ : अध्यक्ष ओली



अ+ अ-

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टी शान्तिपूर्ण राजनीति र स्थायित्वको पक्षमा रहेको बताएका छन्।

दमकमा आज आयोजित कार्यक्रममा उनले नेसनल भोलेण्टियर फोर्स चुनावका लागि मात्रै नभई दीर्घकालीन रूपमा राष्ट्रको सुरक्षाका लागि गठन गरिएको बताएका हुन् ।

अध्यक्ष ओलीले आन्दोलनको नाममा विगतमा जस्तो देश जलाउन र प्रहरीको अतियार खोस्न अब कसैले नसक्ने दाबी गरे । नेसनल भोलेण्टियर फोर्स राष्ट्रको पक्षमा समर्पित हुने र प्रहरी प्रशासनलाई सहयोग गर्ने उनको भनाइ छ । अध्यक्ष ओलीले एमाले शान्तिपूर्ण निर्वाचनको पक्षमा दृढ रहेको बताउँदै मतदाताले स्वतन्त्र रूपमा मतदान गर्न पाउनुपर्नेमा जोड दिए ।

नेकपा (एमाले) ले कोशी प्रदेशस्तरीय नेशनल युथ फोर्स गठन गरेको उनको भनाइ छ । उहाँले चुनावी सभालाई सम्बोधन गर्दै देशभरका जिल्लाका सदरमुकाम सडक सञ्जालमा जोडिसकेको बताए ।

कोशी प्रदेशको ताप्लेजुङबाट ओलचुङ्गोलसम्मको सडक खोलिएको र कालोपत्रे हुँदै गइरहेको बताउँदै अध्यक्ष ओलीले भने, “हाम्रो काम भनेको विकास गर्ने हो, यस ठाउँबाट मात्र होइन हरेक स्थानमा पुल बाटा बनाइएको र कृषिलाई आधुनिकरण गरिएको छ ।”