३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग

प्रतिनिधिसभा निर्वाचन: घरदैलोमा व्यस्त ८३ वर्षीय उम्मेदवार हिरण्यप्रसाद

प्रतिनिधिसभा निर्वाचन: घरदैलोमा व्यस्त ८३ वर्षीय उम्मेदवार हिरण्यप्रसाद
अ+ अ-

झापा । झोलामा बोकेका पर्चा र घोषणापत्र बाँड्दै झापा निर्वाचन क्षेत्र नं १ का गाउँबस्तीमा मत मागिरहनुभएको हिरण्यप्रसाद भट्टराई कोशी प्रदेशको १४ जिल्लाका प्रत्यक्षतर्फका उम्मेदवारमध्ये सबैभन्दा पाको उमेरको हुनुहुन्छ ।

मेचीनगर–१ गाडागल्ली निवासी भट्टराई यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाल किसान मजदुर पार्टीको उम्मेदवार हुनुहुन्छ । उमेरले पाको भए पनि उहाँ मतदाताको घर आँगन डुलेर मत माग्दा पटक्कै थाकेको देखिनुहुन्न ।

“मेचीनगर नगरपालिका क्षेत्रको २२ हजार मतदाता रहेको बाहुनडाँगीमा पैदलै घर दैलो गरिसकेको छु”, चुनावी चटारो बताउँदै उहाँ भन्नुहुन्छ, “म उम्मेदवार भएको क्षेत्रमा दुई वटा नगरपालिका र एउटा गाउँपालिकाका २१ वटा वडा छन् । सबैतिर पैदल हिँडेर सम्भव नहुने भएकाले अब चाहीँ गाडी चढेर भोट माग्छु ।”

सेताम्य भइसकेका दाह्री र जुँघा र ठाडो चन्दन लगाएको हुलियाले मात्र होइन, स्वभाव र व्यवहारका दृष्टिले उहाँ आध्यात्मिक व्यक्तित्व हुनुहुन्छ । धार्मिक र आयुर्वेद विज्ञानमा गहिरो अभिरुची राख्दै आउनुभएको उहाँका जडीबुटीसम्बन्धी १४ पुस्तक प्रकाशित छन् ।

“नेपाली परम्परा र रीतिथितिको मौलिकताको जगेर्ना हुनुपर्छ भन्ने अभियानमा लाग्दै आएको थिएँ”, उहाँले चुनावमा उम्मेदवार बन्नुको कारण सुनाउँदै भन्नुभयो, “तपाईं जस्तो सामाजिक मान्छे चुनावमा उम्मेदवार बनेर संसद्मा जानुपर्छ भनेर पार्टीबाट अनुरोध आयो । मैले नकार्न सकिन र उम्मेदवार बनेँ ।”

झापा–१ का एक लाख ३१ हजार ६७ जना मतदातासँग मत माग्दै यतिबेला भट्टराईसँगै १३ दलका र दुई स्वतन्त्र गरी १५ जना उम्मेदवार घरदैलोमा व्यस्त हुनुहुन्छ । यस क्षेत्रमा मेचीनगर नगरपालिकाको १५ वटा वडा, बुद्धशान्ति गाउँपालिकाको ४, ५, ६ र ७ तथा भद्रपुर नगरपालिकाको ९ र १० नम्बर वडासहित जम्मा २१ वटा वडा छन् ।

पाको शरीरका कारण धेरै हिँडडूल गर्दा स्वास्थ्यमा समस्या हुने गरेता पनि उहाँ उत्साहपूर्वक चुनावी प्रचारमा जुटिरहनुभएको छ । नयाँ जेनजी मतदातादेखि वृद्धवृद्धाले मत दिने आश्वासन दिलाउने गर्दा पाको उमेर बिर्सिएर नयाँ जोश र जाँगर आउने गरेको उहाँ बताउनुहुन्छ ।

“बुढेसकालमा बा पनि उठ्नुभएछ, एउटा मत दिउँला भन्छन्, जेनजी नानीबाबु घरदैलोमा जाँदा मतदातासँगको संवाद सम्झिँदै उहाँ भन्नुहुन्छ, “ज्येष्ठ नागरिक त झन् आफ्नै उमेरको हुनुहुँदोरहेछ भनेर जिताउने भन्नुहुन्छ । सबैले माया र विश्वास गर्नुभयो भने चुनाव जित्छु होला ।” चुनावमा जित हार जे भएता पनि आफूले सांसद बन्ने चुनावमा उठेर लोकतान्त्रिक अभ्यास गरेको उहाँको धारणा छ ।

अधिकांश पाको उमेरको व्यक्तिहरू घरमै थन्किएर बस्नुभएको जनाउँदै उहाँले उम्मेदवार बनेर ज्येष्ठ नागरिकको हक, हित र अधिकारको मुद्दा उठाएको बताउनुभयो । झापा जिल्लाका पाँच वटा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ ९० जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । उहाँभन्दा पाको उमेरको उम्मेदवार अर्को छैन । उहाँ आफूलाई फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको देशभरकै उम्मेदवारमध्ये सबैभन्दा पाको भएको दाबी गर्नुहुन्छ ।

निर्वाचन आयोगले प्रकाशित गरेको कोशी प्रदेशका १४ जिल्लाका उम्मेदवारको सूची हेर्दा उहाँ प्रदेशकै सबैभन्दा पाको उम्मेदवार देखिनुहुन्छ । कोशी प्रदेशको दोस्रो पाको उम्मेदवारमा ओखलढुङ्गा निर्वाचन क्षेत्र नं १ का राष्ट्रिय जनमोर्चाका उम्मेदवार शेरबहादुर खत्री हुुनुहुन्छ । खत्री ८० वर्षीय हुनुहुन्छ । झापा–२ मा नेपाल जनमुक्ति पार्टीबाट उम्मेदवार बन्नु भएको मानवबहादुर पुलामी मगर पनि ७५ वर्षीय हुनुहुन्छ । रासस