२१ भाद्र २०८३, आईतवार
,
Latest
गोरखाको चुमनुब्री–४ मा बाढीपीडितका लागि राहत पठाइँदै राप्रपाका महामन्त्री शरदराज पाठकद्वारा पार्टीका सबै जिम्मेवारी परित्याग ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई चार्जिङ सामग्री सहयोग बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे नुवाकोटको ताँदी नदीमा बेलीब्रिज जडान जारी भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाहालको प्रतिवेदन : पूर्व माओवादी नेताहरुको बुझाई, कार्यकर्ता केही वर्ष अरू झुक्किने भए !



अ+ अ-

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको जारी आठौं महाधिवेशनमा एक्काइसौं शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेपछि पूर्व माओबादीका नेताहरुले विभिन्न टिका टिप्पणी गरेका छन् ।

दाहालका पूर्व सहयात्री डा. बाबुराम भट्टराईले दाहालको प्रतिवेदनलाई एकदलीय व्यवस्थाको धंगधंगी बोकेको काल्पनिक समाजवादको स्वैरकल्पनाको पोको जस्तो भन्दै टिप्पणी गर्नुभएको छ । डा. भट्टराईले सामाजिक संञ्जालमा लेख्नु भएको छ- "फेरि एकपटक असली बाजेको पेडा बेच्ने होडबाजी चल्नेभो ! अबोध कार्यकर्ता केही वर्ष अरू झुक्किने भए !"

डा.भट्टराई जस्तै हाल राजनीतिक विष्लेशकका रुपमा भएका पूर्व माओबादीका नेता मुमाराम खनालको बुझाईमा नयाँ जनवादी क्रान्ति आइसके जस्तै उनलाई जेजेवाद ल्याउनु परेको हो, त्यो यहि हो र आईसक्यो भन्दिए आनन्दै हुन्थ्यो। र, उनलाई पनि यो बुढेसकालमा शान्ति मिल्थ्यो भन्दै ब्यग्य गर्नुभएको छ ।

प्रचण्डको दस्तावेजमा 'काँग्रेस अर्थात पूँजिवादीसँग मिलेर आफ्नै विशिष्टतामा नयाँ जनवादी क्रान्ति सम्पन्न भएको' दावी गरिएको छ। यसरी नै एकाध बर्षमैं 'समाजवादी क्रान्ति' पनि आफ्नै मौलिक ढंगले सम्पन्न भएको दावी सहितको दस्तावेज आउने निश्चित जस्तै देखियो।

अनेक खालको बिढंगो गर्नुभन्दा प्रचण्ड कणको यो तरिका मलाई बहुत अच्छा लाग्यो। 'नयाँ जनवादी क्रान्ति' आइसके जस्तै उनलाई जेजे'वाद' ल्याउनु परेको हो- 'त्यो यहि हो' र 'आईसक्यो' भन्दिए आनन्दै हुन्थ्यो। र, उनलाई पनि यो बुढेसकालमा शान्ति मिल्थ्यो।

यसैगरी माओबादीका पूर्व नेता एवं हाल व्यवसायीक रुपमा कृषी कर्ममा रमाउनु भएका लोकेन्द्र बिष्टको बुझाई पनि फरक खालको रहेको छ । उहाँले लेख्नुभएको छ 'दस्तावेज सोचे भन्दा धेरै माथिबाटआयो रे बरु धर्तीमा अवतरण पो हुन्छ कि हुन्न ? भन्दै टिप्पणी गर्नुभएको छ ।

गत आइतवारदेखि काठमाडौंमा शुरू भएको महाधिवेशनको दोस्रो दिन प्रचण्डले करीब साढे २ घण्टा  लगाएर राजनीतिक प्रतिवेदन पेश गर्नुभएको थियो । 

प्रचण्डले पेश गर्नुभएको राजनीतिक प्रतिबेदनको पूर्णपाठ :