१० असार २०८३, बुधबार
,
Latest
यातायात व्यवसायी भारत भ्रमणमा शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी सरकारले कुनैपनि व्यवसाय सञ्चालन गर्दा मानव अधिकार हनन हुन नदिन कडा निगरानी राख्नुपर्दछः तपबहादुर मगर बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार राजधानीका टोलटोलमा फिल्म महोत्सव तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए कांग्रेसले १५औँ महाधिवेशन लक्षित क्रियाशील सदस्यता अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटायो तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह रास्वपा महाधिवेशन : उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक हुन नसक्दा निर्वाचन प्रक्रिया थप लम्बिने प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुकुम्वासीका लागि घर निर्माण शुरु



अ+ अ-

चितवन । चितवनको इच्छाकामना गाउँपालिकाले सुकुम्वासी परिवारका लागि पक्की घर निमार्ण गर्ने भएको छ ।

इच्छाकामना गाँउपालिका–७ भालुमारा सुन्दरबस्तीमा रहेका ४६ सुकुम्वासी परिवारका लागि गाउँपालिकाले पक्की घर निर्माण गर्न लागेको हो । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बुधबार एक कार्यक्रमकाबीच सो घरको शिलान्यास गर्नुभयो । सो अवसरमा अध्यक्ष गुरुङले वर्षौंदेखि चुहिने झुपडीमा बसेकाका लागि जग्गाको व्यवस्थासहित घर बनाइदिन लागेको बताउनुभयो ।

उहाँले शौचालय र खानेपानीको सुविधासहित घर निर्माण गरी एकीकृत नमूना बस्ती बनाउन लागिएको उल्लेख गर्दै हरेक नागरिकको सुरक्षित आवासका लागि गाउँपालिकाले यो योजना अघि बढाएको बताउनुभयो ।

वडा नंं. ७ का वडाध्यक्ष बमबहादुर थापा ‘विजय’ ले यो बस्तीमा ४६ घरधुरीमध्ये ३५ परिवार चेपाङ समुदायका छन् भने अन्य दलित र तामाङ समुदायका रहेको जानकारी दिनुभयो । वर्षौंदेखि चुहिने झुपडीमा बस्दै आएका उनीहरु गाउँपालिकाले घर बनाइदिने भएपछि खुशी भएका छन् ।