१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन ‘अतिकम विकसित मुलुकलाई सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ’ सरकारले तोकेको ढुवानी भाडामात्र लिन ट्रक व्यवसायीलाई महासंघको आग्रह जलवायु संकटको कारण नेपाल होइन, असर भने नेपालीले भोगिरहेका छन् : निरज आचार्य बाढीपहिरोपछि काठमाडौंमा ग्यास अभाव, हेटौँडाबाट दैनिक १०० ट्रक एलपी ग्यास पठाइने बाढी र पहिराबाट  सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित संसदमा प्रधानमन्त्रीको सम्बोधनः विपद् उद्धारमै सिमित, जलवायु न्यायको मुद्दा आझेलमा  मुग्लिन–नारायणगढ सडकखण्डमा साना ढुंगा खसे, सडक डिभिजनले सतर्क रहन आग्रह मलेसियाविरुद्ध नेपाल फिल्डिङमा, आज पनि उत्कृष्ट सुरुआत रसुवा, नुवाकोट र धादिङमा वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैतडीमा सवारी दुर्घटना, एक जनाको मृत्यु



अ+ अ-

बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शिवनाथ गाउँपालिका–३ स्थित भित्री सडकखण्डमा गए राति स्थानीय बछलाबाट बचरातर्फ जाँदै गरेको सुप्रप ०४–०११ ज ००६९ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा जिप चालक शिवनाथ–२ का २६ वर्षीय केशवसिंह धामी रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो । दुर्घटनामा परेर गम्भीर घाइते भएका चालक धामीको उपचारको लागि डडेल्धुरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

जिपमा चालक मात्रै रहेको बुझिएको छ । दुर्घटनाग्रस्त जिप सडकबाट करिब २०० मिटर तल खसेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।