२५ भाद्र २०८३, बिहीबार
,
Latest
अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी, संसद्मा उठ्यो प्रश्न केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छः मुख्यमन्त्री आचार्य उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा हाम्रो पात्रो प्रयोगकर्ताबाट विपद् उद्धार कोषमा १ करोड २५ लाख सहयोग रसुवा बाढीमा मृत्यु हुनेको संख्या १,३७७ पुग्यो, ५ हजारभन्दा बढी बेपत्ता ग्यास अभावबारे मन्त्रीको अभिव्यक्तिप्रति महासंघको आपत्ति भोटेकोशी बाढीः आठ मिलियन युरो सहायता
तपाईं के खोज्दै हुनुहुन्छ ?

फरार दुई प्रतिवादी पक्राउ



अ+ अ-

सप्तरी । विभिन्न मुद्दाका दुई जना फरार प्रतिवादीलाई प्रहरीले सप्तरीको डाक्नेश्वरीबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ का ३८ वर्षीय बलराम मेहता र सोही ठाउँका ५९ वर्षीय मुनर यादव रहेका छन् । सुरक्षा बेस क्याम्प पत्थरगढाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो ।

पक्राउ परेका मेहता शिक्षासम्बन्धी मुद्दामा र यादव कुटपिट मुद्दामा फरार रहेका थिए । आफ्नै गाउँघरमा लुकिछिपि बस्दै गरेको अवस्थामा दुबै जनालाई बुधबार पक्राउ गरी जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ ।